ताजा खबर

उद्यमशिल किशोरीहरुका लागि सहकारी लेखा व्यवस्थापन तालिम

   २२ माघ २०७५, मंगलवार २०:४८      2,150 views

साना साना उद्यम मार्फत आयआर्जनमा जुटेका पर्वतका युवा महिलाहरुका लागि ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम शुरु भएको छ ।


इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा नं. ६, ७ र ८ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको छ ।


कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।


समुहमा आवद्ध भएर कुखुरापालन, तरकारी खेती गरेर आयआर्जन गरी वचत गर्ने, गाउँ टोल सरसफाई लगायतका सामाजिक कार्यमा क्रियाशिल रहेको तालिमका सहभागी पञ्चकोशी महिला समुह मोदी गाउँपालिका ८ की सुष्मिता पौडेलले बताउनु भयो ।


तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्रोत र साधनको अधिकतम उपयोगका लागि युवा महिलाहरुलाई व्यवसायमा आवद्ध गराउनु पर्नेमा जोड दिनुभयो ।


आयआर्जन बढाउन, कमाएको पैसा वचत गर्न तथा सामाजिक सम्बन्धलाई राम्रो बनाउनका लागि सहकारी माध्यम उत्तम हुने भन्दै उहाँले कमाउनु जत्तिकै जोगाउन आवश्यक रहेको बताउनुभयो ।

सहकारीको हिसाव व्यवस्थित गर्नका लागि लेखा सम्बन्धी जानकारी सबैलाई आवश्यक रहेको उहाँको भनाइ थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: