
पश्चिमाञ्चल होटल संघ पूर्व सल्लाहकार परिषद् संयोजकमा शर्मा
पश्चिमाञ्चल होटल संघ पोखराको पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको बैठकले संस्थाका संस्थापक, पूर्व अध्यक्ष एवम् सल्लाहकार सहित १२ सदस्य रहने गरी पूर्व अध्यक्ष परिषद् गठन गरेको छ ।

परिषद्को संयोजकमा संघका पूर्व अध्यक्ष एबं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रे चयन भएका छन् । पोखरा र यस वरपरको पर्यटन प्रवद्र्धन, होटल उद्योगको सम्बद्र्धन, विगतका ज्ञान, सीप, दक्षता र अनुभवहरुले यस व्यवसाय र नयाँ तथा यूवा व्यवसायीहरुलाई प्रोत्साहन गर्न यो परिषद् गठन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
होटल संघका गतिविधिमा समेत परिषद्ले सहयोग गर्ने छ । परिषद् अन्तर्गत ६ वटा विभिन्न उप–समिति गठन गरिएको छ ।
संघ संस्था समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष एवम् सल्लाहकार विश्वशंकर पालिखे, श्रम तथा कानुनी परामर्श उप–समिति संयोजकमा मेहरमान श्रेष्ठ, टुरिजम प्रोडक्ट डेभलपमेन्ट उप–समिति संयोजकमा बच्चुराम तिवारी, राजनीतिक दल समन्वय उप–समिति संयोजकमा लक्ष्मी बहादुर भट्टराई, वातावरण तथा सरसफाई उप–समिति संयोजकमा गोविन्दराज पहारी, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार उप–समिति संयोजकमा विप्लव पौडेल, प्रशासन, बैंक तथा वित्तीय संस्था उप–समिति संयोजकमा भरतराज पराजुली रहेका छन् ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38