
जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण गरिँदै
हीरालाल गुरुङ (रासस)
मुग्लिन, पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ ।
हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । भ्यूटावरसहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ भने पर्यटकले आराम गर्नेछन् ।

उक्त गाउँपालिकाले यस आर्थिक वर्षमा झरनासम्म जाने मोटरबाटो बनाउन रु ४० लाख छुट्याएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
गत वर्ष पनि गाउँपालिकाले रु आठ लाखको बजेट विनियोजन गरी झरनामा रेलिङ र सिँढी निर्माण गरिसकेको उल्लेख गर्दै उनले भनिन्, ‘झरनासम्म मोटरबाटो पुगिसकेको छ, त्यसलाई स्तरोन्नति गर्नका लागि गाउँपालिकले रु ४० लाख विनियोजन गरेको छ, अब चाँडै काम शुरु हुनेछ ।’
झरनामा सरसफाइका काम नियमित भइरहेको वडा अध्यक्ष भूपेन्द्र चेपाङले बताए । भौतिक पूर्वाधार पनि बनिरहेकाले यसले पूर्णता पाएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने उनको भनाइ थियो ।
इच्छाकामनामा उक्त झरनासहित सिराइचुली, ऐतिहासिक उपर्दाङगढी, इच्छाकामना मन्दिरलगायत पर्यटकीयस्थल भएपनि भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यी ठाउँमा सोचेजति पर्यटक पुग्न सकेका थिएनन् ।
लामो झरनामा भने नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । सडकबाट सो स्थानमा पैदल ३० मिनेटमा पुग्न सकिन्छ ।
चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो रहेको भिरालोको झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ ।
यहाँ पर्यटक स्वतःस्फूर्तरुपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । अध्यक्ष गुरुङले पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएको बताए ।
सो झरनामा अवलोकनका लागि दैनिक कम्तीमा १०० पर्यटक पुग्छन् । नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने एउटा गन्तव्य बनेको छ ।
झरनामाथि रहेको गुरुङ बस्ती याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ । लामो झरना अवलोकनपछि गुरुङ समुदायको संस्कृति अवलोकन तथा घरबास (होमस्टे)मा बस्न पर्यटक जाने गर्दछन् । याकराङ गाउँमा पर्यटकलाई गुरुङ संस्कृत झल्किने नाचगानसहित स्वागत गरिन्छ ।
क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार पूर्वाधार निर्माण हुनुभन्दा पहिलेदेखि नै यहाँ पर्यटकले क्यानोनिङ गर्ने गरेका थिए । अहिले क्यानोनिङ एशोसिएसनमा आबद्ध विभिन्न सात र्याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आबद्ध छन् । ती संस्थाले क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, जम्पिङ, स्लाइडिङ र हाइकिङ गर्न स्वदेशी तथा विदेशी पर्यटक ल्याउने गरेका छन् ।
यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो ।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38