ताजा खबर

यु–१८ टेनिसमा हङकङका इन ताङ र जापानका जेनी इनो फाइनलमा

   २५ माघ २०७५, शुक्रबार २२:१७      1,959 views

पोखरा, हङकङका केल लोक इन ताङ र जापानका जेनी इनो पोखरामा जारी १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा हङकङका इन ताङले फिलिपिन्सका जोसे एन्टोनियो ट्रियामाथि ७–६ र ६–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।

जारी प्रतियोगिताको सिडिङ्गमा सातौ स्थानमा रहेका इन ताङले प्रतियोगितामा शिर्ष वरियता प्राप्त खेलाडी एन्टोनियोलाई पराजित गरेका हुन् ।


पुरुष एकलतर्फकै अर्को सेमिफाइनलमा जापानका जेनि इनोले जापानकै केइजु मियाकेलाई ६–३ र ६–० को सहज सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरे ।

यो संगै आइटीएफको पुरा ३० अंक प्राप्तका लागि उनले इन ताङसंगको भेट निश्चित गरेका छन् । प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्ने खेलाडीले १८ अंक प्राप्त गर्नेछ ।


प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ उपाधीका लागि चाइनाका ले यि लिउ र बुल्गेरियाका भिक्टोरिया भेलेभाविच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबारनै भएको सेमिफाइनल खेलमा चाइनाका लिउले भारतका रेन्नी सिंग्लालाई ७–६ र ६–१ ले तथा भिक्टोरियाले चाइनाका क्विङ्गलिन जाङलाई ४–६ र ७–५ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: