ताजा खबर

डियर ताङतिङ

   २ फाल्गुन २०७५, बिहीबार ११:१८      7,441 views

रोशनी गुरुङ


ओ डियर ताङतिङ के छ खबर ?
मैले यसरी सोधिरहँदा ताङतिङ भने
लाजको घुम्टोले आफनो मुहार छोपेर बसेकी थिइन

म सोध्दै छु तिम्रो हाल खबर ओ ताङतिङ
तर अहँ उनी त आफनो
मौनताको ब्रत पटक्कै तोडने सुरसारै गर्दिनन्
होइन हो ताङतिङ तिमी
मेरो आगमनप्रति बेखुसी छौ या
साँच्चैकै लजाएकी छौ ?

होइन भने भर्खरै बेहुली बनेकी
दुलहीको अनुहार घुम्टोले छोपे झै
तिमी आफनो मुहार किन बादलुको घुम्टोले छोपेकी ?

तिमीलाई त यस्तो रुप पटक्कै सुहाएन हो ताङतिङ
हर विहान अन्नपूर्ण र लमजुङ हिमालसँग
जिस्किजिस्कि बोल्ने तिमी मसँग चै किन लजाएको ?

तिम्रो बारीको पाटो र आँगनको डिलमा
फूलेको सयपत्री र मखमलीले त
मसँग हाँसीहाँसी गफ गर्दै थियो


हरदिन तिमीलाई भेटन आउने र हेर्न आउने पाहुनालाई
स्वागत गर्न तिमी भन्दा जहिल्यै उनीहरु नै हतार हुन्छ रे
अनि खुसुक्क पाहुनाको कानमा साउती मार्दै
उनीहरुकै गलामा सजिन्छ रे

तर तिमी ?
आफनो मुहार पनि मलाई राम्रोसँग देखाउदिनौ
म कसरी चिनौ तिमीलाई जसको पुरै मुहार
पनि एक झलक हेर्न पाएको छैन

त्यसैले मैले तिम्रो शिरमा सजिएर बसेको
क्होइबो र गुम्बासँग
तिम्रो विस्तृत परिचय मागेर आएको छु
ताकि म अदृष्य रुपमा तिमीलाई
सधै माया गरि रहन सकुँ

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: