
थाकमा पञ्चे बाजा समुहलाई नौमती बाजा प्रदान
तस्विर सौजन्य, लालबहादुर गुरुङ , वडा अध्यक्ष मादी ७
कास्कीको मादी गाउँपालिका ७ मा गठित थाक पञ्चे बाजा समूहलाई मादी ७ वडा कार्यालयले वडा कार्यालयमा एक समारोहका बिच नौमती बाजा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष लालबहादुर गुरुङले मौलिक संस्कृतिको संरक्षणमा गाउँपालिका लागि पर्ने वताउनुभयो । यस्तै नेकपाका मादी संयन्त्र सदस्य बालकृष्ण गुरुङले संस्कृतिको संरक्षणसँगै बाजाले आयआर्जनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा झोवा कोम्रो खिरखाने पाखा सामादायिक बन उपभोक्ता समितीका अध्यक्ष शेरबहादुर गुरुङले नौमती बाजा पुर्खाैलीको नासो भएको हुँदा व्यवस्थित रुपमा संरक्षण गर्न र नयाँ पुस्तालाई सीप सिकाउनु पर्ने बताउनुभयो ।
उक्त कार्यक्रमका अध्यक्ष उपेक्षित समुदाय समन्वय समितीका वडा संयोजक बेल बहादुर बिश्वकर्माले मादी गाउँपालिकाको लक्षित वर्ग अन्तर्गत वडा कार्यालयबाट बिनियोजित १ लाख बजेटबाट नौमतीबाजाको संरक्षणको लागि नरसिहं, झ्याली , दमाह, सनाई लगायतका सामाग्रीहरु खरिद गरिएको बताउनु भयो ।

नौमती बाजा समुह थाकका अध्यक्ष धनराम परियारले वडाबाट भएको सहयोग प्रति खुशी व्यक्त गर्दै नयाँ पुस्तालाई नौमती बाजाको प्रशिक्षण आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य वीरबहादुर परियार, टोल सुधार समितिका संयोजकहरु लगायतले मन्तब्य राख्नु भएको थियो, वडा सदस्यहरु, थाक बाजा समुह लगायतको उपस्थिती रहेको उक्त कार्यक्रम वडा सचिव सनमबहादुर क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38