ताजा खबर

फोटोग्राफर बन्न चाहानेहरुले समय र कामसँग ख्यालठट्ट गर्नुहुँदैन -वरिष्ठ फोटोग्राफर मिलन तमू

   ३ फाल्गुन २०७५, शुक्रबार २१:२९      3,570 views

रोशनी गुरुङ /सम्पादक मादी न्युज डटकम

पोखरा – प्रवासी भूमि बेलायतमा बसेर दशक भन्दा बढी समयदेखि फोटो पत्रकारिता गर्दै आएका मिलन तमू अहिले बेलायतमा मात्र नभएर संसारभरका नेपाली माझ आफनो फोटो पत्रकारिता मार्फत चिरपरिचित छन् ।

बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिक पत्रिकाका सिनियर फोटोग्राफर तथा गोर्खा मिडिय युकेका निर्देशक समेत रहेको उनले आफनो फोटोग्राफी मार्फत संसारभरका नेपाली दर्शक सामु आफनो प्रतिभा देखाई सकेका छन । हालै घर विदामा नेपाल आउँदा मैले उनीसँग मादी न्युजको लागि उनको फोटोग्राफर पेशासँग केन्द्रित भएर केहि कुराकानी गरेको छु ।

कास्कीको रिभानमा जन्मेर त्यहिको सेरोफेरोमा हुर्केका मिलन युवा अवस्थामै बेलायती सेनामा भर्ती भएपछि अलिकति रहर र अतिकति बाध्यताले विदेशिएका थिए । सानै उमेरदेखि उनलाई अरुको फोटो खिच्ने वा भनौ क्यामेरा समातेर फोटो खिच्ने खुब रहर थियो । त्यसैले गाउँमा हुँदा लाहुरबाट आउने लाहुरेहरुको क्यामेरामा फोटो खिच्न र खिचाउन खुब रहर गर्थे ।


त्यहिताका साथीहरुसँग मिलेर गाउँमा फोटो खिचेपछि फोटो धुलाउन उनी बजार आउथे र घर फर्कन्थे ।
यसरी फोटोग्राफीको तिव्र इच्छा बोकेर लाहुरे हुन गएका मिलन तमूले औपचारिक रुपमा सन् २००० मा जागिरको शिलशिलामा बुु्रनाईमा हुँदा फोटोग्राफी शुरु गरेका थिए तर सन् २००५ बाट मात्रै उनले नेपाली समाज युके नामक वेइभ साइडबाट अफिसियल फोटोग्राफीको काम शुरु गरेका थिए ।

अहिले खासगरि बेलायत जहाँ नेपालीहरुको बाक्लो बसोबास रहेको छ त्यतिकै बाक्लो सङख्यमा संघ संस्थाहरु पनि जन्मिएका छन् । ती संघ संस्थाले गर्ने कुनै पनि कार्यक्रमहरुमा मिलन तमूको सहभागिता अनिवार्य जस्तै भई सकेको छ । जसले गर्दा बेलायतमा हुने अधिकांश कार्यक्रमको सुन्दर फोटोहरु संसारभरका नेपालीहरुले घरमै बसीबसी हेर्न पाएका छन् ।

यसरी व्यवसायिक रुपमा फोटो खिच्न शुरु गरेतापनि उनले फोटो खिचेबापत पैसा पाउने अथवा पैसा लिने काम भने धेरैपछि मात्र शुरु गरेका थिए । तमू धि युकेमा हालका उपाध्यक्ष रहेका जुमकाजी गुरुङ तत्कालिन कार्य समितिमा कोषाध्यक्ष हुँदा फोटोग्राफरहरुलाई संस्थागत रुपमा पारिश्रमिक दिने चलन चलाएपछि त्यहि समयबाट आजभोलि संस्थागत कामको लागि पनि पैसा लिएर फोटो खिच्ने काम गर्दै आएको छु उने भने ।


शुरुशुरुमा रहरले यो पेशा अङगालेता पनि पछि यसले व्यवसायिक रुप लिदै गएपछि आर्थिक पाटो पनि फराकिलो बन्दै गएको उनी बताउछन । आजभोलि बेलायतमा संघ संस्थाको कार्यक्रममा मात्रै होइन विवाह भोज पास्नी आदि कुनै पनि कार्यक्रममा व्यक्तिगत रुपमा पनि उनलाई फोटो खिच्न बोलाउछन बोलाएको जति सबै ठाउँमा पुग्न संभव हुँदैन तर समय मिलेसम्म सबै ठाउँ पुग्छु उनले भने ।


पैसा पनि त राम्रै कमाई हुन्छ होला नि भन्ने प्रश्नमा उनले भने एउटा इभेन्टमा फोटो खिच्दा करिब नेपाली ४५ हजारसम्म लिने गरेको छु । आफूले समय दिनसक्यो र राम्रो फोटो खिचेर दिन सक्यो भने यो पेशामा नाम र दाम दुवै छ उनी भन्छन् ।

अहिले बेलायतमा फोटोग्राफीको मार्केट राम्रो छ सामाजिक सञ्जालको प्रभावले गर्दा आजभोलि सबैले सानोतिनो कार्यक्रम भेटघाटहरुमा पनि फोटोग्राफीलाई नै बढी मान्यता दिने भएकोले पनि यो कामलाई व्यवसायिक ढंगालले अघि बढाउन सक्यो भने कमाई पनि धेरै राम्रो छ उनले थपे ।
काम गर्ने क्रममा एकदमै खुशी क्षण के छ भन्ने मेरो प्रश्नमा उनले कहिलेकाहीँ काम गर्दा मैले सोच्दै नसोचेको पैसा मलाई आयोजकले दिन्छ अनि जुनसुकै ठाउँमा जाँदा पनि प्राय मान्छेहरुले मेरो कामको प्रशंसा गरेको सुन्छु त्यो नै मेरो लागि अविष्मरणीय र खुसीको क्षण हो ।

अनि दुःखको क्षण पनि त होला नि ? भन्ने मेरो प्रश्नमा उनले भने सबै ठाउँमा खिचेको फोटोहरु फेसबुकमा राख्न भ्याउँदैन आयोजकलाई फोटो खिचेर दिएपछि पनि फेसबुकमा समेत आओस भनेर अपेक्षा गरेको हुन्छ । त्यसरी फेसबुक लगायतको सामाजिक सञ्जालहरुमा फोटो राख्दा पनि कतिपयको फोटो भूलबस छुटिरहेको हुन्छ । अनि कतिले त फोन नै गरेर गुनासो पनि गर्छन त्यतिबेला चै दुःख लाग्छ ।

फोटोग्राफर बन्न चाहाने नयाँ पुस्ताका भाइबहिनीहरुलाई के सुझाव दिनुहुन्छ नि भन्ने मेरो प्रश्नमा उनले सबै भन्दा पहिले फोटोग्राफरको क्षेत्रमा रुचि भएको र त्यो क्षेत्रमा आफनो भविष्य देखेको मान्छे हुनुपर्ने बताए । यस्तै फोटो खिच्न जाँदा आफूले प्रयोग गर्ने सामानहरु ठिक छ कि छैन त्यो जाँच गरेर मात्रै जान सुझाव दिए । यस्तै कार्यक्रम हुने स्थानको वातावरण हेरेर उज्यालो र अध्यारो प्रकाशसँग खेल्न सक्नुपर्ने बताए ।

क्यामेराको फोकस र एङगल बुझनुपर्ने लेन्सहरुको राम्रो ख्याल गर्नुपर्ने, समय र कामसँग ख्याल ठट्टा गर्न नहुने उनको सुझाव छ । फोटो मात्र खिचेर नपुग्ने भन्दै त्यो फोटो कस्तो आएको छ भन्ने कुराको पनि ख्याल राख्नुपर्ने उनको भनाई छ ।


यसका अलाव फोटोग्राफरहरु आफनो काममा सर्मपित हुनसक्नुपर्ने, रिसाउन नहुने, समय सुहाउदो सामग्रीको पनि प्रयोग गर्नुपर्ने र फोटो खिच्न गएको कार्यक्रमको मुख्यमुख्य विषयहरु नछुटाईकन सबैको फोटो खिच्नुपर्ने उनको सुझाव रहेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: