
आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनौट शुरु, पहिलो गोल्ड मेडल बागलुङलाई
प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेश स्तरिय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारेका छन । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेण्डमा पुरा गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरा रंगशाला शुरु भएको छनौटमा एथलेटिक्सको १० किमी पुरुष तर्फ पर्वतका प्रकाश कुवरले उक्त दुरी ३५ मिनेट ४९.५ सेकेण्डमा पुरा गर्दै रजत र तनहुँका सुरेन्द्र चापागाईले ३६ मिनेट ४.९ सेकेण्डमा पुरा गर्दै काश्य पदक जिते
महिला तर्फ सम्पन्न १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.३ सेकेण्डमा पुरा गर्दै प्रथम भएकी छन ।
दोश्रो भएकी म्याग्दीकी शोनिया बरुवाल ५१ मिनेट ४५.६ सेकेण्ड र तेश्रो भएकी स्याङजाकी दिया गैरेले ५२ मिनेट ३०.६ सेकेण्डमा पुरा गरिन ।
यसै गरि १०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले ११.३ सेकेण्डमा दुरी पारा गर्दै स्वर्ण पदक जिते भने कास्कीका सुदिप जोशीले ११.३ सेकेण्ड र म्याग्दीका सुजन थिनालले १२.२ सेकेण्डमा दौड पुरा गर्दै क्रमश काश्य र रजत पदक जितेका छन ।

महिला १०० मिटर दौडमा नवलपुरकी कल्पना श्रेष्ठले १४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण, कास्कीकी अनिशा भण्डारीले १४.४ सेकेण्डमा दौड पुरागर्दै काश्य र लमजुङकी रेजिना क्मालले १४.९ सेकेण्डमा दुरी पार गर्दै काश्य जितिन ।
पुरुष १५०० मिटर दौडमा कास्कीका स्माइल भण्डारीले ४ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । सोही स्र्पाधामा बागलुङका मन बहादुर बुढाले ४ मिनेट ३९ सेकेण्ड र पर्वतका प्रकाश कुवरले ४ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।
महिला १५०० मिटरमा कास्कीेकी ललिता लामिछानेले ५ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी छन भने स्याङजाकी जानकी खनालले ५ मिनेट ५५ सेकेण्ड र नवलपुरकी मालती चौधरीले ६ मिनेट ८ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।
सटपुट पुरुष तर्फ सम्पन्न प्रतियोगितामा नवलपुरका बिनोद थनेतले स्वर्ण जितेका छन भने गोर्खाका निशान गुरुङ र नवलपुरका निरज महतोले क्रमश रजत र काश्य जिते । महिला सटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक जितिन भने तनहुँकी सुमित्रा थापा र मनाङकी कन्या कुमारी गुरुङले क्रमश रजत र काश्य पदक हासिल गरे ।

हाइजम्प पुरुष तर्फ कस्कीका सागर नेपालीले स्वर्ण पदक जितेका छन । यसैगरि लमजुङका अदित्य थापाले रजत र नवलपुरका समिर महतोले काश्य पदक जिते । महिला हाइजम्पमा कुशुम रानामगरले स्वर्ण, शविना परियारले रजत तथा लमजुङकी लक्ष्मी परियारले काश्य पदक जितिन ।
पश्चिमाञ्चल क्षेबिय खेलुकद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले शनिवार छनौट खेलकुदको औपचारिक उद्घाटन शनिवार ११ बजे पोखरा रंगशालामा हुने जानकारी दिएका छन ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38