ताजा खबर

संस्कृति

   ६ फाल्गुन २०७५, सोमबार ०८:३२      4,341 views

श्रीराम अधिकारी गोर्जे
मादी गाउँपालीका गोर्जे, कास्की

आजकाल
खाली खाली छन् गाउँहरु
रित्ता रित्ता छन् बस्तीहरु
रोंधी घरहरु पनि खाली छन् ।

आजकाल
ठुले र सानीहरु पनि
दोहोरी गाउदैनन् ।
न नाँच्छन ठुली र सानेहरु
कम्मर मर्काई मर्काई
न बज्छ धिन ताकाताका धिनका
सुमधुर ताल
मादलहरुबाट,

मलाई आजकाल गाउँ
गाँउजस्तै लाग्दैन
हिजो यहि आँगनीमा
घाँटु र सोरठी गाउने ठुलेहरु
ठुलो मान्छे बन्न
बिदेश गएका छन
घाँटु र सोरठीमा नाँच्ने सानीहरु
उनै ठुलेहरुको प्रतिक्षामा
टोलाईरहेका हुन्छन् ।

बाँच्नुपर्ने मजबुरीले सताएसी
केही थान युवायुवतीहरु शहर झरे
केहि थान युवायुवतीहरु विदेश छिरे
उनीहरुसँगै
घाँटु र सोरठीहरु पनि
गाउँ छाडेर शहर झरे
मारुनी र लाखे नाचहरुले पनि
बोईङ्गमा उडान भरे
केहि साकेलाहरु खाडी छिरे
केहि कौडाहरु युरोप अमेरीका पसे
छन त सबथोक
गाउँमा नै छ
हाम्रो आफ्नो भाषा, संकृति र सभ्यता
गाउँमा नै छ ।

भजन र बालनमा बजाएको खैचडीलाई झै
बजाईरहेको छ समयले हामीलाई
रेटिरहेछ जिन्दगीले सारङ्गी बनाएर
झलकमानका गीतहरुसँगै
आमाले सोध्लिन नि खै छोरा भन्लिन ।

नोट / स्टार्स स्टुडियोको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल कविता

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: