
नाट्टा गण्डकी प्रदेशद्वारा टिकट बुकिङ्ग सम्बन्धी तालिम सम्पन्न
नाट्टा गण्डकी प्रदेशले आफ्ना मातहतका सदबस्यहरुका लागि टिकट बुकिङ्ग सम्बन्धि तीन दिने तालिम पोखरामा सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले तालिमको उद्घाटन गरे ।

तालिम उद्घाटन गर्र्दै लामिछानेले नेपालमा प्रविधिको उल्लेख्य विकास भएको बताउँदै व्यवसायिहरुपनि प्रविधिमैत्रि बन्नुपर्नेमा जोड दिए । अबको समयमा व्यवसायि स्वयं सक्षम बन्नुपर्नेमा उनले औल्याए । यस प्रकारको तालिमका लागि नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताए ।

सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृती ताम्राकारले तालिममा सहजिकरण गरेकि थिइन् । उनले तालिममा सिकेका ज्ञान व्यवहारमा लगाउन सके आफ्नैं कार्यालयमै बसेर संसारका जुनसुकै ठाउँका लागि टिकट बुक गर्न सक्ने बताइन् ।
सेभर नेपालका प्रबन्ध निर्देशक उदयकिरण शुक्लाले पोखरामा बन्न लागेको अन्र्तराष्ट्रिय विमानस्थलको प्रसंग जोड्दै आगामी दिनहरुमा पोखरामा पर्यटन विकासको थप सम्भावना रहेको बताए । यहि सम्भावनालाई मध्यनजर राख्दै पोखरामा यस्तो तालिमको महत्व झनै बढ्दै जाने उनको भनाई थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38