ताजा खबर

प्रजातन्त्र दिवसको अवसरमा आजबाट थाक मेला शुरु हुँदै

   ७ फाल्गुन २०७५, मंगलवार १२:०४      1,538 views

मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा


कास्कीको मादी गाउँपालिका वडा नं. ७ थाकमा आजदेखि थाक मेला सुरु हुदैछ । प्रजातन्त्र स्थापना भएदेखि निरन्तर रुपमा दिवस मान्दै आएकोमा हाल लोकतन्त्र हुँदै गणतन्त्रसम्म नेपालको राजनितिक घटनाक्रमको विकास भएता पनि ६९औं प्रजातन्त्र दिवससम्म आई पुग्दा पुरानो यस मेलाले निरन्तरता पाएको छ ।

सिल्दु जनसेवा युवा क्लब थाकले पछिल्लो समय आफ्नो वार्षिक उत्सब र मेला सँगसँगै मनाउदै आएको छ । क्लबको ३५आंै वार्षिक उत्सव तथा मेला सँगसँगै आयोजना गर्दै आएको क्लवका अध्यक्ष डम्मरजंग गुरुङले जानकारी दिनभयो ।


मेलामा भलिबल, ठेलो, रस्साकसी लगायतको खेलकुद प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । भलिबलमा प्रथम हुने समुहलाई ४० हजार र द्धितिय हुने समुहलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैबीच मेलामा भोलि राष्ट्रिय कलाकारहरु टंक वुढाथोकी, आसोक दर्जी र ए आर वुढाथोकीका साथमा कलाकार सरोज मैनाली, विभिन्न कलाकारहरुको साथमा लोक दोहोरीको माध्यमबाट मेलामा आउने दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै मेला अवधिभर निश्चल डान्स एकेडेमी तथा आमा समूह एवं युवा क्ल्बको साँस्कृतिक प्रस्तुति रहने क्लवका कोषाध्यक्ष प्रेम गुरुङले जानकारी दिनभयो ।


मेलासँगै यसबर्ष नै करिब १५ लाखको लागतमा निर्माण गरिएको थाक घडेरीडाँडा मैपोलो सडक र पुन निर्माण गरिएको महिपोलो पोखरीको पनि उद्घघाटन गरिने भएको छ ।


कास्की जिल्ला निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद तथा पुर्ब स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको थाक हिल पर्यटन बिकास समितिका अध्यक्ष एवं क्लबका सल्लाहकार बालकृष्ण गुरुङले जानकारी दिनु भएको छ ।


थाक महिपोलो सडक समितिका अध्यक्ष शेरबहादुर गुरुङले अब ऐतिहासिक महिमा बोकेको घडेरी डाँडा र महिपोलो मन्दिरले थाक गाउँलाई संसार भरी चिनाउने बताउनु भयो ।


यस्तै मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले थाक गाउँ ऐतिहासिक गाउँ मात्र नभई पोखराबाट नजिकको पर्यटकिय स्थल भएकोले वडा कार्यालयको विशेष पहलमा सुपर मादी हाईड्रो पावर, जनकल्याण समाज, गाउँबासी, हङकङ , युके लगायत बाहिर रहेका सम्पुर्ण थाक मौलाको साथ सहयोगले बाटो निर्माण गरिएको र अब पोखरी, मन्दिर, गेट लगायत भौतिक पुर्बधार निर्माण हुने बताउनु भयो ।


थाकबाट घडेरी डाँडा ताराहिल हुँदै सिक्लेससम्मको पदमार्ग पनि यसै बर्ष वडा कार्यालयको सहयोगमा व्यवस्थित गरिएको पर्यटन व्यवसायी एवं थाकका स्थानिय बासिन्दा विकास गुरुङले बताउनुभयो ।


फागुन ९ गतेसम्म सञ्चालन हुने मेला हेर्नका लागि पोखराबाट ११ किलोमिटरको यात्रा गरेपछि थाक गाउँमा पुग्न सकिन्छ ।

0 0 vote
Article Rating

आजको खबर

नेपाल टेलिभिजनबाट प्रशारित पहिलो गायन रियालिटी शो नेपाल स्टार जारी छ । कार्यक्रम फाइनल चरणमा पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा नजिकिंदै छ । उपाधि दौडमा

अझै पढ्नुहोस्

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशले स्थायी शान्ति, राजनैतिक स्थायित्व र समृद्धि चाहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: