
आठौं राष्ट्रिय खेलकुद १३औं सागको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आठौं राष्ट्रिय खेलकुद र नेपालको प्रतिष्ठासँग जोडिएको १३ औं साग प्रतियोगिताको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्-राखेप र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँगकाे छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिमा भएको छलफलमा सांसदहरुले खेलकुदमा भएको राजनीतिक करणलाई हटाउन र अहिले देखिएको विवादित संघहरुका विषयमा चासो राखेका थिए ।

यसैगरी नेपालीलाई खुशरी बनाउने खेलकूद भित्रको गलत प्रवृति अन्त्य गरि स्वच्छ र मर्यादित बनाउन सरोकारवाला निकायका योजना के छन् भन्ने सांसदहरुकाे जिज्ञासामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समग्र खेलक्षेत्रको बारेमा जवाफ दिनुभएकाे थियाे ।
उहाँले नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउने अवसरको रुपमा १३ औं सागलाई लिएकाले सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढेको जानकारी गराउनुभयाे ।
आठौं राष्ट्रिय खेलकुदको तयारी पनि अन्तिम चरणमा पुगेको बताउँदै उहाँले चैत मसान्तभित्र प्रतियोगिता जानकारी दिनुभयाे ।
यसैगरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले अहिलेबाटै कामलाई गति दिन नसके पूर्वाधार तयार हुँदा पनि १३औं साग आयोजना नहुने तर्फ सचेत गराउनुभयाे । राखेपका सदस्य सचिव केशबकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारीको काम चलिरहेकाले चाँडै पूरा हुने बताउनुभयाे ।
आजको खबर

दोहा कतार । तमु (गुरुङ) समाज कतारको आयोजनामा गत १५ जनवरी शुक्रबारका दिन चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम भएको छ । तमुहरुले माघें संक्रान्तिका…
अझै पढ्नुहोस्
नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई वाई पहिलो नेपालस्टारको फाइनालिष्ट पोखरेली चेली एलिनाको पोखरामा सांगितिक कार्यक्रम अर्थात कन्सर्टसम्पन्न भएको छ । नेपाल स्टारको…
अझै पढ्नुहोस्Follow Us

नेपाल स्टारकी फाइनालिष्ट एलिना गुरुङलाई जिताउन पोखरामा कन्सर्ट सम्पन्न
७ माघ २०७७, बुधबार १०:३१

तमु समाज कतारको चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न
७ माघ २०७७, बुधबार १०:४७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38