
थाक मेला सम्पन्न, भलिबलको उपाधी पोखरा २१ कृष्टीलाई
मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
सिल्दु जaनसेवा युवा क्लब मादी ७ ले आयोजना गरेको थाक मेला २०७५ सम्पन्न भएको छ ।
गत फागुन ७ गतेबाट सुरु भएको मेलाको औपचारीक उद्घघाटन भने फागुन ८ गते गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले गर्नु भएको थियो ।

मेलामा मादी गाउँपालिकाकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को विशेष उपस्थिती रहेको थियो । मेलामा कलाकारहरु टंक बुढाथोकी, आशोक दर्जी, ए आर बुढाथोकी, रतिमाया खड्का, बिमला परियार, सन्तोष बस्याल तथा निश्चल डान्स एकेडेमीका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
यसैबीच मेलामा सञ्चालन गरिएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । जसमा पोखरा २१ कृष्टीले आयोजक जनसेबा लाई ३, १ को सेटमा पराजित गर्दै थाक मेला २०७५को उपाधी जित्न सफल भएको छ ।

बिजेता टिमले नगद ४० हजारसँगै शिल्ड, मेडल, प्रमाणपत्र तथा उपबिजेता आयोजक सिल्दु जनसेबा युवा क्लबले नगद ३५ हजारसँगै मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
भलिबल खेलमा बेस्ट प्लेयर सिल्दु जनसेवाका होमनाथ सुनार, बेस्ट स्पाईकर जुरेभुमी क्लब तप्राङका हितेन गुरुङ र आयोजक जनसेवाका मनोज बिक, वेष्ट लिफ्टरमा संरक्षण युवा क्लव घ्याम्राङका गन्नु गुरुङ उत्कृष्ट हुँदै नगद पुरस्कार प्राप्त गरेका छन ।
मेलामै सञ्चालन भएको छेलो प्रतियोगितामा बिजेता हुन सफल मिलन रानामगरलाई नगद ५ हजार, फेटा र बाजागाजा सहित सिल्दु मन्दिर परिक्रमा गरि सम्मान गरिएको थियो । प्रतियोगितामा मादी ७ का पौबहादुर विक दोश्रो हुँदै नगद २ हजार र फेटाले सम्मान गरिएको थियो ।

बिजेता खेलाडी तथा सहयोगदाताहरुलाई समापन समारोहका प्रमुख अतिथि तथा मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ, नेकपाका नेता तथा क्लबका सल्लाहकार बालकृष्ण गुरुङ, समाजसेबी बुद्धिबहादुर गुरुङ, टोल बिकास समितीका संयोजक गमबहादुर गुरुङ लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

क्लवका अध्यक्ष डम्बरजंङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लवका सदस्य प्रकाश गुरुङले गर्नु भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38