ताजा खबर

शिवरात्रीको दिन पोखरामा सत्याकृतको धार्मिक प्रस्तुती

   १३ फाल्गुन २०७५, सोमबार २१:१४      1,968 views

महाशिवरात्रीको अवसरमा पोखरामा आयोजना हुने महाशिवरात्री सांगीतीक कार्यक्रममा धार्मिक ब्याण्ड सत्याकृतले विशेष प्रस्तुती दिने भएको छ ।


यहि फागुन २० गते महाशिवरात्रीको अवसरमा हुन लागेको कार्यक्रममा ‘हाम्रो संस्कृति हाम्रो परम्परा राष्ट्रको गौरव पर्यटनको आधार ’भन्ने नारासहिते धार्मिक ब्याण्ड सत्याकृतले पोखराका संगीत पारखीमाझ प्रस्तुती राख्ने भएको हो ।


हल्लनचोक लेकसाइडमा आयोजना हुने कार्यक्रमको प्रदेश प्रमुख बाबुराम कुवँरले उद्घाटन गर्ने पत्ररकार सम्मेलन मार्फत जानकारी दिइयो ।


कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवन टेलिभिजनले गर्नेछ । एभिया क्लबको सहयोगमा कार्यक्रमको सुरुमा अल्ट्रालाइट मार्फत पुष्पवृष्टी गरिने छ । कार्यक्रम सञ्चालन नेपालका चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले गर्नै छन् । साथै कार्यक्रममा विदेशबाट आएका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।


नेपालको मौलिक परम्परा संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरक्षण गर्न र समाजमा शान्ती र सद्भाव कायम गरि नेपाललाई विश्वसामु चिनाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: