ताजा खबर

महिला उद्यमीका साथमा सांसद् मीना गुरुङ, पोखरा–८ मा वडा एकाइ गठन

   १५ फाल्गुन २०७५, बुधबार ०८:१८      2,306 views

गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले हरेक टोल टोलबाट महिलाहरू उद्यमी बनेर आउनुपर्ने धारणा राख्नुभएको छ ।

महिला उद्यमी संघ, कास्कीको संगठन विस्तार अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ८ मा वडा एकाइ गठन तथा मेकअप आर्टसम्बन्धी तालिमलाई सम्बोधन गर्दै सांसद् गुरुङले महिला उद्यमी संघको अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


पोखरा महानगरपालिकाका ३३ वटै वडामा महिला उद्यमी संघ, कास्कीको संगठन विस्तारका लागि आफ्नो साथ रहने बताउँदै सांसद् गुरुङले महिला हुँ भनेर हीनताबोध गरेर बस्ने दिन अब गएको उल्लेख गर्नुभयो । महिलाले पनि अवसर पाए धेरै काम गर्न सक्छन् भनेर उदाहरण बन्नुपर्नेमा जोड दिँदै उहाँले पहिलेको तुलनामा अहिले परिस्थिति फेरिएको भनाइ राख्नुभयो । महिलाहरुका लागि धेरै अवसर रहेको भन्दै सांसद् गुरुङले महिला उद्यमशीलताको विकास गरेर आयआर्जनमा लाग्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

सांसद् गुरुङले सांसद् भएबापत पाउने आफ्नो सम्पूर्ण तलबभत्ता महिला उद्यमी जन्माउनका लागि विभिन्न सीपमूलक तालिम एवं महिला उद्यमी संघको संगठन विस्तारमा खर्च गरिरहेको र आगामी दिनमा पनि निरन्तर लाग्ने बताउनुभएको छ ।


यसैबीच, महिला उद्यमीहरुको भेलाले कुलमाया क्षेत्रीको अध्यक्षतामा महिला उद्यमी संघ, वडा एकाइ समिति, वडा नं. ८ गठन गरेको छ । महिला उद्यमी संघ, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरे तथा उपाध्यक्ष पार्वती पौडेलले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: