
म्ले क्यु चलचित्रको युनिट हङकङमा
तमू चलचित्र म्ले क्यु (बिर्साउने पानी) को टोली हङकङ आइ पुगेको छ । यहि मार्च ३ तारिखमा हङकङमा प्रदर्शन हुन लागेको चलचित्रको प्रचार प्रसार र चलचित्रको प्रदर्शन सफल पार्नको लागि टोली हङकङमा आईपुगेको चलचित्रका निर्देशक जसु गुरुङले जानकारी दिनुभएको छ ।

हिजो साँझ हङकङ अन्तराष्ट्रिय विमान स्थलमा चलचित्रको टोलीलाई आयोजक संस्था हङकङ नेप्लिज तेक्वान्दो फ्रेडनशनका संस्थापक मास्टर गणेश गुरुङ, युवा व्यवसायी निरञ्जन गुरुङ, मिडिय पार्टनर एचके दर्पण डटकम लगायतको टोलीले भव्य स्वागत गरेको थियो ।
स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको चलचित्र म्ले क्यु यहि मार्च ३ तारिखमा यउम ताई कम्युनिटि हल जोडनमा साँझ ६ बजे प्रदर्शन हुने भएको छ । चलचित्र हेर्न उपस्थित भईदिनुहुन चलचित्रका निर्देशक जसु गुरुङले हङकङ निवासी सबै नेपाली समुदायलाई आवहान गर्नुभएको छ ।

चलचित्र प्रदर्शनको लागि नायिकद्धय रिया गुरुङ र धनमाया गुरुङ तथा फाइनान्स म्यानेजर रोशनी गुरुङ पनि हङकङ आईपुगेको हो ।

गुरुङ जातिको मृत संस्कारसँग सम्बन्धित रहेको चलचित्रमा रोशन गुरुङको कथा, जसु गुरुङको निर्देशन रहेको छ भने माओत्से गुरुङ, रिया गुरुङ, रोनित गुरुङ, विरमाया गुरुङ, प्रतिमा गुरुङ लगायतको कलाकारहरुको अभियन रहेको छ ।

आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38