
म्ले क्यु चलचित्रको टोलीलाई हङकङमा विभिन्न संघ संस्थाको स्वागत
तमू चलचित्र म्ले क्यु (बिर्साउने पानी) को टोलीलाई हङकङ स्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले स्वागत गरेको छ ।

यहि मार्च ३ तारिखमा हङकङमा प्रदर्शन हुन लागेको चलचित्रको प्रचार प्रसार र चलचित्रको प्रदर्शन सफल पार्नको लागि हङकङ आएको टोलीलाई अभियान फिल्मस प्रा.लिका निर्माता तथा लमजुङ सेवा समिति हङकङका सल्लाहकार दिलिप गुरुङ, तमू टहो ह्युल हङकङका अध्यक्ष एवं लमजुङ सेवा समिति हङकङका सल्लाहकार विजय गुरुङ, लमजुङ सेवा समिति हङकङका अध्यक्ष खम गुरुङ (सरोज), तमू प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, चलचित्र निर्माता तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ (मिलन), लमजुङ सेवा समिति हङकङका सल्लाहकार गिरी गुरुङ, युवा व्यवसायी निरञ्जन गुरुङ, लमजुङ सेवा समिति हङकङका कोषाध्यक्ष ओम गुरुङ लगायतको व्यक्तित्वहरुले जोडन स्थित कङगन रेष्टुरेन्टमा भव्य स्वागत गरेका थिए ।

सो अवसरमा सबै संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले चलचित्र सफल पार्नका निम्ती आ आफनो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा चलचित्रका निर्देशक जसु गुरुङले आफूहरु हङकङ बासीको ठूलो साथ र सहयोगको अपेक्षा गर्दै यहाँसम्म आइपुगेको भन्दै सबैसँग सहयोगको लागि आग्रह गर्नुभयो । संस्कार संस्कृतिका कतिपय कुराहरु मौखिक रुपमा भन्दा त्यति सहज नहुने र चलचित्र मार्फत देखाउन खोजे त्यसको प्रभाव सकरात्मक पर्ने भन्दै आफूले चलचित्र मार्फत संस्कार संस्कृतिको जर्गेण गर्न एक पाइला अगाडी बढाएको बताउनु भयो ।

भेटघाट तथा स्वागत कार्यक्रमको संयोजन गर्नुभएका चलचित्र निर्माता तथा समाज सेवी दिलिप गुरुङले गुरुङ जाति र समुदायको निम्ती बनेको हरेक चलचित्रलाई हङकङबासी अत्याधिक माया गर्दै आएको भन्दै म्ले क्यु चलचित्रलाई पनि यसरी नै माया गर्न सबैसँग आवहन गर्नुभएको छ ।

स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको चलचित्र म्ले क्यु यहि मार्च ३ तारिखमा यउम ताई कम्युनिटि हल जोडनमा साँझ ६ बजे प्रदर्शन हुँदैछ ।

चलचित्रमा रोशन गुरुङको कथा, जसु गुरुङको निर्देशन रहेको छ भने माओत्से गुरुङ, रिया गुरुङ, रोनित गुरुङ, विरमाया गुरुङ, प्रतिमा गुरुङ लगायतको कलाकारहरुको अभियन रहेको छ ।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38