
पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु
पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ बुधबारबाट पोखरामा सुरु भएको छ । महोत्सवको एक कार्यक्रमबाबिच गण्डकी पदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङले उद्घाटन गरे ।

उनले ‘नाटक हेर्छ पोखरा’ भन्दै महात्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान चाडै गठन गर्ने तयारीमा रहेको बताए । गण्डकी प्रदेशको कला, साहित्य, संगीत, नाटक लगायतका संस्कृती संरक्षण गर्न बहुसाँस्कृतिकग्राम निर्माण गर्ने तयारी आफुहरुले गरेको उनले बताए । गण्डकी प्रदेशको नाट्यक्षेत्रलाई अगाडी बढाउन प्रदेश सरकारको सदैव सहयोग रहने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी साँसद प्रभा कोइरालाले नाट्य क्षेत्रको विकासको लागि आफ्नो ठाउँबाट सदैव साथ र सहयोग रहने बताइन् । पोखरा अन्तराष्ट्रिय नाटक महोत्सवका सल्लाहकार समेत रहनुभएका वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ७० वर्षको इतिहास पोखराको नाट्यक्षेत्रले बनाएको बताए ।

विभिन्न आरोह–अवरोह हुदै अहिले पुनः नाटकको क्षेत्रमा सकारात्मक संकेत देखिएकोभन्दै उनले खुशी व्यक्त गरे । गत वर्ष आफु नेपाल संगीत तथा नाट्य एकेडेमीको कुलपती रहँदा राष्ट्रिय नाटक महोत्सव पोखरामा आयोजना हुने र अहिले अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना हुनुले नाट्यप्रेमीमा उर्जा थपेको उनले बताए । वरिष्ठ लोक दोहोरी गायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले पोखराको नाट्य क्षेत्रमा हुने गतिविधिमा आफ्नो साथ सधै रहने बताइन् । उनले नाटक महोत्सवको भव्य सफलताको शुभकामना समेत दिइन् ।
युथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले पोखराको नाट्य क्षेत्रलाई अगाडी बढाउन यहाँ क्रियाशलि नाट्य संस्थाले सधै हातेमालो गर्दै अगाडी बढ्ने बताए । पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक परिवर्तनले नाटक महोत्सवको आयोजना गर्नूको बारेमा प्रष्ट्याए । उनले पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालनमा आएपछि ५ हजार दर्शकले नाटक हेरेको बताए । चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले पोखराको नाट््य क्षेत्रलाई दिगोपना दिन सबैको साथ आवश्यक परेको बताए । गन्र्धव नाटकघरमा एक वर्षको अवधिमा २३ वटा नाटक मञ्चन हुँदा पोखरामा बाहिरि जिल्लाबाट नाटक हेर्न आउनेहरुको संख्या बढ्दै गएको उनले जनाए ।

पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा पोखरा गैहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा आयोजित महोत्सव फागुन २२ गतेसम्म चल्नेछ । महोत्सवमा फागुन १६ गते बिहिबार भारतको ब्लाक एण्ड ह््वाइट मञ्चन गरिनेछ ।
फागुन १७ गते शुक्रबार मेसेडोनियाको प्राइभेट कन्फेन्सन, १८ गते शनिबार नेपालको कन्फेसन, १९ गते आइतबार नेपालकै गैडा टाइम्स, २० गते सोमबार भारतको इन ट्रान्जीट, २१ गते मंगलबार नेपालको मेमोरी यार्ड र अन्तिम दिन २२ गते बुधबार युथ क्रियशन थिएटर पोखराको घेरो नाटक मञ्चन हुनेछ । यसअघि बुधबार पोखरा थिएटरको निरमाया नाटक मञ्चन भएको थियो ।
नाटक मञ्चनका अलावा विभिन्न सेसन मार्फत मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल गरिनेछ । छलफल सेसन महोत्सव अवधिभर हरेक बिहान ८ बजे हुनेछ ।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38