ताजा खबर

म्ले क्यु चलचित्र युनिटलाई हङकङमा तमू प्ये ल्हु संघ र टाउ लेक समाजको स्वागत र सम्मान

   १९ फाल्गुन २०७५, आईतवार ०९:४०      2,616 views

तस्विर सौजन्य कृष्ण गुरुङ, जेपिटिएचके डटकम

तमू प्ये ल्हु संघ हङकङ र टाउ लेक तमू समाज हङकङले हिजो एक कार्यक्रमका बीच म्ले क्यु (बिर्साउने पानी) चलचित्रको टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।


आज मार्च ३ तारिखमा हङकङमा चलचित्रको पहिलो प्रिमियर सो हुँदैछ । सोही शिलशिलामा चलचित्रको प्रचार प्रसार र चलचित्रको प्रदर्शन सफल पार्नको लागि हङकङ आएको टोलीलाई युङलुङ स्थित तमू प्ये ल्हु संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तमू प्ये ल्हु संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष तथा संस्कृतिविद ले.इन्द्रबहादुर केप्छै तमूले म्ले क्युको बारेमा आफनो भनाई राख्नु भएको थियो ।

साथै उहाँले तमू जातिको प्ये मौखिकमा नै रहिरह्यो भने एकदिन त्यो सकिएर जाने भन्दै जति सक्दो चाँडो सबै प्येलाई लिखित रुपमा उतारनका निम्ती खेगीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा चलचित्रका निर्देशक जसु गुरुङले एकपटक चलचित्र हेरेर सबै आफनो प्रतिक्रिया दिनका निम्ती सबैलाई अनुरोध गर्दै तमू जातिको संस्कारभित्रको एउटा पाटोलाई आफूले चलचित्रमा उतारन प्रयास गरेको बताउनु भयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु पच्यु गुरु सु.भुबहादुर च्हम्रु तमू, एन्फा कास्कीका सचिव प्रितम ल्हो तमू र तमू संसार पत्रिका तथा मादी न्युज डटकमका सम्पादक रोशनी क्रोम्छै तमूले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रमलाई समापन गर्दै तमू प्ये ल्हु संघ हङकङकका अध्यक्ष मनबहादुर गुरुङले चलचित्रको सफलतको शुभकामना व्यक्त गर्दै आउनेदिनमा अझै सबै तमूहरुलाई समेटेर आफूहरु अघि बढने बताउनुभयो ।


तमू प्ये ल्हु संघ हङकङका सचिव भोजेन्द्र तमूको सञ्चालनमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई फूलको बुके, पछयौरा, फेटा, सम्मान पत्र र नगद उपाहर सहित सम्मान गरिएको थियो ।
यसैबीच तनहुँ समाज हङकङले पनि चलचित्रको युनिटलाई एक कार्यक्रमबीच सम्मान गरेको छ समाजका उपाध्यक्ष तथा चलचित्रकर्मी रोशन गुरुङ लगायत सम्पूर्ण कार्य समितिका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।


स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको चलचित्र म्ले क्यु आज मार्च ३ तारिखमा यउम ताई कम्युनिटि हल जोडनमा साँझ ६ बजे प्रदर्शन हुँदैछ ।


चलचित्रमा रोशन गुरुङको कथा, जसु गुरुङको निर्देशन रहेको छ भने माओत्से गुरुङ, रिया गुरुङ, रोनित गुरुङ, विरमाया गुरुङ, प्रतिमा गुरुङ लगायतको कलाकारहरुको अभियन रहेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: