
सिल्दुजुृरे महिला वचत तथा सहकारी संस्थाको छैठोै साधरण सभा सम्पन्न
मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
कास्कीको मादी गाउँपालिका वडा नं. ६ र ७ का महिलाहरु एकजुट भई स्थापना गरेको सिल्दुजुरे महिला वचत तथा सहकारी सस्थाको छैठौ साधरण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले संस्थाका जग्गा दाता स्व.तारा कुमारी गुरुङको तस्बिरमा मार्लापण गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले महिलाहरु एकजुट भई आर्थिक, सामाजिक र राजनैतिक अधिकारको लागि लडनुपर्ने बताउनु भयो ।
यस्तै विशेष अतिथि बराह मा.वि का प्र.अ बिष्णुमाया पोख्रेलले छोटो समयमा सहकारीले गरेको उपलब्धिमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष ओमसुब्बा गुरुङले संस्थाको हाल १८ लाख मुनाफा वचत लगानी रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

नारी दिबस र संस्थाको बार्षिक उत्सबको अबसरमा वयोबृद आमाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलकुमारी सापकोटा, सदस्य माया सापकोटा, व्यवस्थापक भागीमाया गुरुङ लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।
हाल उक्त सहकारीमा २ सय ५५ जना शेयर सदस्य रहेको छ । साधरण सभाबाट एक बर्षका लागि पुनः अध्यक्ष प्रेमकुमारी खड्काको नेत्तृवमा नयाँ कार्य समितिको चयन भएको छ ।
जसको उपाध्यक्षमा तिलकुमारी सापकोटा सचिबमा उषा थापा सहसचिब देवी सापकोटा र सदस्यहरुमा धनमाया परियार, मिरु परियार, बसन्ती बि.क, लिलाकुमारी तमाङ लगायत रहेका छन् ।
संस्थाका अध्यक्ष प्रेमकुमारी खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिब उषा थापा मगरले गर्नुभएको थियो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38