ताजा खबर

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ गतेदेखि खुल्ने

   २८ फाल्गुन २०७५, मंगलवार १०:१०      2,188 views

कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ । काठमाण्डौ र पोखरामा  परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ ।

कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ ।  
परीक्षा शुल्क २४ डलर तोकिएको छ । आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ ।


फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिना यताको फोटो अपलोड गर्नुपर्नेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 


0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: