ताजा खबर

लायन्सको सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा श्रेष्ठको उम्मेदवारी

   २८ फाल्गुन २०७५, मंगलवार १०:१७      2,052 views

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा ध्रुव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।


मनोनयन कमिटि प्रमुख पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ र डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठलाई श्रेष्ठले सोमवार एक कार्यक्रम बीच उनले उम्मेदवारी प्रस्तुत गरि मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले आगामी वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको हो ।


डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । उनले केहिदिन अघि काठमाडौं, पोखरा र मोफसलका लायनहरुसँग परामर्श गरि आज मनोनयन दर्ता गरेका हुन ।


यस अगाडि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका सिनियर एओजि विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: