ताजा खबर

अन्नपूर्ण गाउँपालिकाको पाँचौं गाउँसभामा सञ्चारकर्मीलाई सम्मान, कृषकलाई पुरस्कार

   ३० फाल्गुन २०७५, बिहीबार १०:४२      1,136 views


अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका अवसरमा चार जना सञ्चारकर्मीलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवम् प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै रासस गण्डकी प्रदेश कार्यालय पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो

उनीहरुलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले टिका तथा दोसल्ला ओढाएर सम्मान गरे । अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पु¥याएका कारण चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष कुँवरले बताए ।

त्यस्तै गाउँसभाका अवसरमा कोदो खेती प्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ गाउँपालिकाका ११ वटै वडाका तीन÷तीन जना कृषकलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ ।


प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित ३३ जना लाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा प्रविण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।


गाउँसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५पारित गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी चार ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: