
पोखरा उद्योग वाणिज्य संघमा करसम्बन्धि अन्तरक्रिया
पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाताको कर्तव्य,दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी÷व्यवसायीलाई जानकारी दिन सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकारले मध्यमस्तरका करदातालाई लक्षित गरी गएको असारबाट मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको हो । ४० देखि ८० करोडसम्मको वार्षिक कारोवार गर्ने करदाताहरु तथा २५ करोडदेखि ८० करोडसम्म वार्षिक कारोवार गर्ने बैंक, पर्यटन उद्योग,ठेक्कापट्टा व्यवसायीहरु ठूला करदाता कार्यालयसँग जोडिन्छन् ।
अहिले नेपालका ८ सय ३३ करदाताहरुले यो कार्यालयसँग आवद्ध भएर कर तिर्दै आएका छन् । उनीहरुले वार्षिक १८ अर्व ४ करोड रुपैयाँ राजश्वमा योगदान दिँदै आएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले कर शिक्षाको जानकारी राख्न सके व्यवसायमा सफलतासँगै दण्ड, जरिबानाबाट समेत मुक्ति पाइने बताउनुभयो ।
कर शिक्षालाई अझ ब्यापक बनाउनु पर्नेमा जोड दिँदै उहाँले करसम्बन्धि कानूनहरुलाई सजिलो र बुझ्ने भाषामा परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38