
प्रशिक्षण र पुरस्कार वितरण गरि गुरुङ साहित्यिक मञ्चले दोस्रो स्थापना दिवस मनाउने
तस्विर सौजन्य मनि सरब्ज तमू अफिसियल फोटोग्राफर गुरुङ साहित्यिक मञ्च नेपाल
गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो स्थापना दिवस आगामी चैत्र २१ गते विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

मञ्चको पोखरामा सम्पन्न कार्य समितिको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । स्थापना दिवसकै दिन प्राध्यापक, साहित्यकार तथा समालोचक गुरुङ सुशान्तले नेपाली आख्यानका विविध आयमका बारे प्रशिक्षण दिने कार्यक्रम समेत तय भएको छ ।
चैत २१ गते विहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम र दिउँसो ३ बजे वार्षिकोत्सव विशेष समारोह आयोजना गरिने मञ्चका अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभयो । यसैबीच गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङले स्थापना गर्नुभएको गौरी तमू लेखन वृत्ति पुरस्कार वितरणको लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
मञ्चका सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा अर्का सल्लाहकार गुरुङ रामप्रकाश समथिङ मञ्चका अध्यक्ष गौरी गुरुङ, उपाध्यक्ष रोशन गुरुङ, महासचिव रोशनी गुरुङ सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरिएको छ ।

अध्यक्ष गौरी गुरुङले स्थापना गर्नुभएको १ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षयकोषको व्याजबाट प्राप्त रकम १५ हजार ५ सय ५५ रुपैंया तथा ताम्रपत्र र दोसल्लाद्धारा छनौट समितिले छनौट गर्ने एकजना प्रतिभालाई पुरस्कृत गरिने मञ्चका कोषाध्यक्ष जसु गुरुङले जानकारी दिनुभयो ।
गुरुङ समुदायमा जन्मेर गुरुङ र नेपाली जुनसुकै भाषामा कलम चलाएको र कम्तिमा पनि एउटा कृति प्रकाशित भएको तथा साहित्य लेखनमा सक्रिया रहेको देश तथा विदेशमा रहेका जुनसुकै लेखकले पुरस्कारको लागि आवेदन दिन सकिने छ ।
जसका लागि लेखकले आफनो प्रकाशित भएको कृति र बायोडाटा [email protected] मा इमेल मार्फत पठाउन सकिने छ भने ९८४६६३७२८४ वा ९८५६०३६६३७ मा पनि फोन मार्फत जानकारी दिन सकिने छ ।
इच्छुक आवेदकले आगामी चैत्र ७ गतेभित्र आफनो कृति र बायोडाटा पठाई सक्नुपर्ने छ । प्राप्त कृतिको आधारमा छनौट समितिको बैठकले पुरस्कृति हुने व्यक्तिको चयन गर्नेछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38