ताजा खबर

पुरुञ्चौरमा च्याउ फार्ममा आगलागी, तीन लाख बराबरको क्षति

   ३ चैत्र २०७५, आईतवार ०९:१९      2,236 views

पोखरा महानगरपालिका वडा नं. ३३ वागमाराका कृष्णप्रसाद सुवेदीको च्याउ फार्ममा आगलागी भएको छ । सुवेदीको पोखरा १९ पुरुञ्चौरमा रहेको दाजुभाइ च्याउफार्ममा आगलागी भएको हो ।

आगलागीबाट ५ हजार टनेल च्याउ करिब ३ लाखको हाराहारीमा क्षति भएको सुवेदीले जानकारी दिएका छन् । रातको समयमा आगलागी भएता पनि आफूले विहान मात्रै थाहा पाएकोले फार्म पूर्ण रुपमा क्षति भएको उनले बताए ।

सुवेदीका अनुसार जानकारी पाउने वित्तिकै माछापुच्छ«े गाउँपालिका वडा नं. २ भुजुङ खोलामा रहेको प्रहरी चौकीमा निवेदन दिएका छन् । च्याउ खेतीका लागि लगाउन तयार गरिएको टनेल भएकोले धेरै क्षति हुन नपाएको उनले बताए । यदि लगाइसकेको टनेल भएको भए १२÷१५ लाखको क्षति हुने थियो ।

आगलागीका कारण फार्म जलेर नष्ट भएको छ । आगलागीको कारण नखुले पनि कसैले आगो लगाइदिएको हुनसक्ने आंशका गरिएको छ । आगो कसले लगाइदियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: