ताजा खबर

खिलाङ पोखरा युवा समितिको भेटघाट कार्यक्रम सम्पन्न

   ३ चैत्र २०७५, आईतवार ०९:५६      2,378 views

मादी १ का वडा सदस्य टिकाराम गुरुङको सहयोगमा

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङमा जन्म भई हाल विभिन्न पेशा व्यवसाय र रोजगारको शिलशिलमा पोखरा आई बसोबास गर्ने युवाहरुको साझा संस्था खिलाङ पोखरा युवा समितिको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

खिलाङका बासिन्दा युवा व्यवसायी तथा वातावरणविद कुशल गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्नुुहुँदै उहाँले युवाहरु केहि सिप सिकेर आफनै देशमा स्वरोजगार बन्नुपर्नेमा जोडदिनुभयो ।

सिप सिक्यो भने जुनसुकै र जस्तोसुकै ठाउँमा पनि मानिसले आफूले काम गरेर खाना सक्ने भन्दै अहिलेको युवाहरुलाई विदेशिने सोच बनाउनु भन्दा सिप सिकेर स्वदेशमै आत्मानिर्भर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा खिलाङ समाज पोखराका अध्यक्ष क्या.गणेश गुरुङ, सचिव पूर्णबहादुर गुरुङ, मादी १ का वडा सदस्य टिकाराम गुरुङ, काँहुखोला दुधपोखरी ग्रामिण सडक समितिका अध्यक्ष गोलमान गुरुङ, युवा समितिका सल्लाहकार रनध्वोज गुरुङ लगायतले युवाहरुको सक्रियता उद्यमशीलताका विषयमा जोड दिदैं आफनो भनाई राख्नु भएको थियो

। कार्यक्रममा थन्कु देउराली युवा क्लबको तर्फबाट विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

युवा समितिका अध्यक्ष एवं थन्कु देउराली युवा क्लब खिलाङका संस्थापक अध्यक्ष झलक गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन युवा समितिका सचिव तथा पधेंरी गुरुङ किचनका सञ्चालक टेकनसिंह गुरुङले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: