ताजा खबर

माईभ्याली गोल्डकप: झापालाई पराजित गर्दै हिमालयन शेर्पा फाइलनमा

   ३ चैत्र २०७५, आईतवार २०:००      2,014 views

इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा हिमालयन शेर्पा क्लब काठमाण्डाैले आफ्नो स्थान पक्का गरेको छ ।

आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय झापालाई ३–० गोलको अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

हिमालयन शेर्पालाई उपाधि नजिक पुर्‍याउन १७ नम्बरका त्रिदेव गुरुङ, ४ नम्बरका रवि थापा र १३ नम्बरका विशन गुरुङको गोलकाे योगदान रह्यो । जितसँगै हिमालयनले उपाधिका लागि मंगलबार हुने फाइनलमा विदेशी टिम दाउफिन्स क्लब क्यामरुनसँग खेल्नेछ । 

दाउफिन्स यसअघिको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको थियाे । पहिलो हाफमा नै अग्रता लिएको हिमालयन शेर्पाले दोस्रो हाफमा अग्रता तेब्बर बनाउँदै जित निश्चित गरेको थियो ।

सुरुवातदेखि नै मेची नेत्रालय काँकडभिट्टालाई दबाबमा राखेको हिमालयन शेर्पाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । 

कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिदेव गुरुङले हेडरमार्फत गोल गरी टिमलाई अग्रता दिलाउँदै फाइनलमा पुग्न सफल भएको हो । हिमालयनले खेल सुरु भएको ६२ औं मिनेटमा रवि थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोश्रो हाफको इन्जुरी समयमा विशन गुरुङले गोल गर्दै टिमलाई ३–० को जित निकाल्दै उपाधि नजिक पुर्‍याएका हुन् । २१ नम्बरका पाडरिक प्रिभाडेको गोहाको पासलाई गुरुङले गोलमा रुपान्तरण गरेका थिए । 

खेलको म्यान अफ दि म्याच विजेता टिम हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी भएका छन् । उनले नगद १० हजार र ट्रफी पाए । खेल माईभ्याली फुटबल क्लब इलामको आयोजनामा फागुन २६ गतेदेखि सञ्चालित भएकाे हाे । 

प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ठ खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: