
लमजुङ सेवा समिति हङकङका कोषाध्यक्ष ओम गुरुङलाई पितृ शोक
लमजुङ सेवा समिति हङकङका कोषाध्यक्ष तथा युवा समाजसेवी ओम गुरुङलाई पितृ शोक परेको छ । गुरुङका बाबा नन्दरास गुरुङको गएराती पाटन हस्पिटल काठमाडौमा उपचारको क्रममा ८७ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित हुनुभएका उहाँको उपचारकै क्रममा हस्पिटलमा निधन भएको हो ।

लमजुङको क्व्हाेंला सोंथर गाउँपालिका वडा नं. ७ कुमलुङ स्थाई घर भई हाल पोखरा ११ रानीपौवामा बसोबास गर्दै आउनु भएका उहाँ सामाजिक काममा अत्यन्तै सक्रिया हुनुहुन्थ्यो भने घाँटु र कृष्ण चरित्र नाचको गुरु समेत हुनुहन्थ्यो ।
गुरुङको पार्थिव शरिरलाई पोखरा ल्याई आजै गुरुङ परम्परा अनुसार पोखरा रामघाटमा दहसंस्कार गरिएको छ । अन्त्येष्टि कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

स्व.गुरुङको श्रीमती, दुई जना छोरा र तीन जना छोरी हुनुहुन्छ जेठा छोरा ओम गुरुङ विगत लामो समयदेखि हङकङमा परिवार सहित बस्दै आउनु भएको छ हाल उहाँ लमजुङ सेवा समिति हङकङको कोषाध्यक्ष समेत हुनुहुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38