
पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश
पोखरा–९, न्यृ्राडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो । संस्थाको बाँझापाटनस्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त ¥याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरिएको थियो ।

यस्तै गरी संस्थाले आईतवार शैलुङ टोल सुधार समिति, कुँडहर र काहँुखोला टोल विकास समितिमा डस्टविन वितरण गर्नुृका साथै प्रधान कार्यालयको प्राङ्गणमा रक्तदान गरेका थियो । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको थियो ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु काठमाण्डौंको गोंगवु र ललितपुरको मानभवन कुमारीपाटी बजार क्षेत्रमा एवं एक एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले वताए ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38