ताजा खबर

चैत्र २८ र २९ गते काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा

   ५ चैत्र २०७५, मंगलवार २१:५०      609 views

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मंगलबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहित शिर्ष नेताहरुले सम्वोधन गर्ने बताएको छ ।


कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान र सुदृढिकरण बनाउनका लागि हो, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने – ‘यसले पार्टीलाई शशक्त ढंगबाट अघि बढाउन सहयोग गर्नेछ।’ उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे ।


सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।


त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने छ । पार्टीभित्रको एकतासँगै सरकारका गतिविधिप्रति पनि खवरदारी गरिने छ, समितिकी महासचिव लक्ष्मी पाण्डेले भनिन् – ‘सम्मेलन पार्टीलाई व्यवस्थित बनाउन र सरकारलाई खवरदारी गर्न सफल हुनेछ ।’


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटा, कोषाध्यक्ष रेशम गुरुङ, बरिष्ठ सदस्य महेन्द्र थिङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बोलेका थिए । यसैबीच, नेपाली काँग्रेस कास्कीको सोमबारको बैठकले कोषाध्यक्षहरुको सम्मेलनलाई सहयोग गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ ।


बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नवीन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकास गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवस व्यवस्थापन समिति गठन गरेको हो ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: