
वृद्धाश्रमका वृद्धवृद्धालाई पंखा र खाद्यान्न दिएर जन्मदिन मनाए
अधिकांश युवा माझ केक काटेर र भोजभतेर खाएर जन्मदिन मनाउने चलन भेटिन्छ । परिवार, साथिभाई र आफन्तहरुलाई वोलाएर रमाईलो गर्दै जन्म दिन मनाउनेलाई शुभकामना दिने गरिन्छ । तर पोखरा महानगरपालिका ५ मालेपाटनका २५ बर्षिय युवक प्रेम गुरुडले वेसहारा वृद्धवृद्धालाई खाद्यान्न र भौतिक सामाग्री दिएर आफ्नो जन्मदिन मनाएका छन ।

मालेपाटन युनाईटेड क्लवका अध्यक्ष समेत रहेका प्रेम गुरुडले जन्मदिनमा रमाईलो गर्ने खर्चले पोखरा १८स्थित वाच्छिवुडुवाका वृद्धवृद्धालाई गर्मिमा आवश्यक पंखा, चाउचाउ, जुस लगायतका सामाग्री दिएका हुन ।
गुरुडले वृद्धाश्रमलाई ६ थान पंखा, दुई कार्टुन चाउचाउ र एक कार्टुन रियल जुस वृद्धाश्रमका सचिव पण्डित युवराज वाग्लेलाई मंगलवार हस्तान्तरण गरेका थिए ।

वुवा जगतवहादुर गुरुड र आमा सुकुन गुरुडका कान्छा छोरा गुरुडले जन्मदिनको नाममा तडकभड्क र फजुल खर्च गर्ने परिपाटीको अन्त्य गरी वेसहारा मानिसलाई सेवा गर्ने संस्कारको विकास गर्न वृद्धाश्रमलाई सहयोग गरेको वताए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38