तमू प्ये ल्हु संघको खेलाडी तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

तमू प्ये ल्ह संघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा आज पोखरामा पाँचौ वृहत अन्तर तमू समाज एकल तथा सामुहिक में त्हले प्रतियोगिता तथा प्लस टु उत्र्तिण विद्यार्थी सम्मान कार्यक्रम भएको छ ।


संघको कार्यालय शक्तिघाट पोखरामा हिजो भएको मेंत्हले (आर्चरी खेल) प्रतियोगिताका एकल तथा सामुहिक तर्फको बिजेता खेलाडीहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।


प्रतियोगितामा एकल तर्फ प्रथम हुन सफल छवि तमू, द्धितिय शिव तमू, तृतिया अमर तमू तथा सान्त्वान हुन सफल गणेश तमूलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै सोहि खेलमा सामुहिक तर्फ तमू हे तमू समाज समुहक क प्रथम, क्होला दिप तमू समाज द्धितिय, स्याङजाली तमू समाज तृतिया र तमू हे तमू समाज समुह ख सान्त्वान हुन सफल हुँदै नगद पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेको छ ।


संघले तेक्वान्दोका राष्ट्रिय खेलाडी रेखमाया तमू र भारत्तोलन खेलका राष्ट्रिय खेलाडी टिकामाया तमूलाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गरेको छ ।


यस्तै आर्चरी खेलका राष्ट्रिय खेलाडी तथा हिजो सम्पन्न मेंत्हले खेल प्रतियोगिताका प्रशिक्षक अमृत तमूलाई पनि नगद पुरस्कार र सम्मान पत्रले सम्मानग गरेको छ ।

यसैबीच तमू प्ये ल्हु संघ जिल्ला कार्य समिति कास्कीले कास्की जिल्लाभर विभिन्न कलेजबाट कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याई उत्र्तिण हुन सफल तमू विद्यार्थीहरुलाई आजै सम्मान गरेको छ ।
सम्मानित विद्यार्थीहरुमा ज्योती तमू, विशाल तमू वर्ष तमू, सन्ध्या तमू, सनिला तमू, प्रविन तमू, अनिसा तमू, अकाङक्षा तमू, अभिनास तमू, मनिला तमू लगायत रहनु भएको छ । उक्त विद्यार्थीहरुलाई पुरस्कारका अक्षयकोष दाता दिलमाया ल्हेगे तमूले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै सोही कार्यक्रममा कक्षा १२ को परिक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल अशोक तमू र सृजना घलेलाई क्रिश्यिम स्मृति अक्षयकोषबाट नगद पुरस्कार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ ।

सम्मानित विद्यार्थी सृजना घलेले छोरा शिक्षित भएमा आफू मात्र शिक्षित हुने र छोरी शिक्षित भएमा पुरै परिवार शिक्षित हुने भन्दै छोरा र छोरीको पढाईमा भेदभाव नगर्न सबै अभिभावकमा आग्रह गर्नुभयो । कार्यक्रममा विजेता खेलाडी र विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तमू प्य ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले पुरस्कार वितरण गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै प्रखुम अतिथि हितकाजी तमूले बेला बखत भईहरने यसप्रकारको सम्मानले विद्यार्थी र खेलाडीहरुमा नयाँ जोस र जाँगर उत्पन्न हुने भन्दै यो सकरात्मक कामको लागि आयोजकलाई आभार व्यक्त गर्दै सम्मानित विद्यार्थी र बिजेता खेलाडीहरुको उज्वल भविष्यको कामना गर्नुभयो ।


कार्यक्रममा तमू प्ये ल्हु संघ जिल्ला कार्य समिति आमा समुका अध्यक्ष अनिता तमूले सबै सम्मानित व्यक्तित्वहरुको प्रगतिको कामना गर्नुभयो । तमू प्ये ल्हु संघ कास्की जिल्ला समितिका अध्यक्ष उमबहादुर प्हच्यु तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु भुजा तमुस्योले गर्नुभएको थियो ।

Leave a Comment