ताजा खबर

पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न

   २७ मंसिर २०७५, बिहीबार ०६:५९      994 views


मंसीर २६, पोखरा ।
नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्बतिय संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनको अध्यक्षतामा भएको सो कार्यक्रममा छरिएर रहेका साँस्कृतिक पहिचानलाई यस महोत्सव मार्फत बिश्वभर फैलाउनका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धीत सम्पूर्ण सरोकारवाला प्रति आभार समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले सुखि नेपाली समृद्ध नेपालको नारालाई आत्मसाथ गर्र्दै यस महोत्सवले समूदायमा रहेको पहिचानलाई स्थापित गर्नका निम्ती कोसेढुङ्गा सावित भएको बताउनुभयो । नेपालको शिर उचो गराउने हिमाल सगरमाथा र धार्मिक साँस्कृतिक विविधताले सम्पन्न नेपाली संस्कृतीेले प्रख्यात नेपाली चिनारीको बिकास गर्नका लागि सबैलाई आब्हान गर्नुभयो ।
एनएमएका अध्यक्ष सन्तबिर लामाले पाँचौ संस्करणको महोत्सवलाई सफल बनाउनका लागि नेपालका बिभिन्न शहर र विभिन्न देशबाट आएका स्वदेशी र बिदेशी दर्शकहरुप्रति आभार ब्यक्त गर्दै महोत्सवको आगामी संस्करणलाई अझै बृहत रुपमा लैजाने बताउनुभयो । संघका महासचिव कुलबहादुर गुरुङ्गले गण्डकी प्रदेशको राजधानीमा आयोजना गरिएको यो महोत्सव बृहत रुपमा सफल भएको र सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुभएको जिम्मेवारी र सहयोग प्रति आभार व्यक्त गर्दै यस महोत्सवले पर्बतिय क्षेत्रमा काम गर्नका लागि एनएमए लाई उत्साह थपेको बताउनुभयो । संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले महोत्सव सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभयो ।
एनएमएका प्रमुख कार्यकारी अधिकृत गंगासागर पन्तले पोखरामा नै यो महोत्सव गर्नुले यहाँको पर्यटन प्रर्बद्धन मात्र नभई पर्बतिय संरक्षण सम्बन्धी जनचेतना फैलाउने काम गरेको बताउनुभयो । महोत्सवका सल्लाहकार कुशल गुरुङ्गले बिगतको बर्षहरु भन्दा महोत्सवले अझै गति लिएको बताउँदै खुसी ब्यक्त गर्नुभयो ।
नविल बैङ्क गण्डकी प्रदेशका प्रमुख बुद्धि शर्माले महत्वपूर्ण कार्यक्रममा साथ दिन पाउँदा सुखद अनुभूति भएको बताउनुभयो । नबिल बैङ्कको मुख्य प्रायोजनमा रहेको सो कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बरिष्ठ लोकगायक प्रजापती पराजुली , जिवन दाहाल , राजन कार्कि , शिबहरी ढुंगाना, लक्ष्मी नेपाली लगायतले सांगितिक प्रस्तुती राख्नुभएको अन्तराष्ट्रिय पर्बतिय संग्रहालयका बोर्ड सदस्य एवं प्रचार प्रसार संयोजक हरि लामिछानेले बताउनुभयो ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: