ताजा खबर

‘पोखरामा प्रमोद खरेल’लाई ‘टार्गेट इन्टरनेशनल एजुकेशन’को साथ

   ८ चैत्र २०७५, शुक्रबार २१:२५      1,979 views

‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमका लागि शैक्षिक परामर्श केन्द्र टार्गेट इन्टरनेशनल एजुकेशनले ‘प्रोमोटेड बाइ’ टाइटलमा सहकार्य गरेको छ । पोखरामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको कम्पनी बार्दली मिडिया प्रालिसंग टार्गेट इन्टरनेशनलले यो सम्झौता गरेको हो ।

टार्गेट इन्टरनेशनल एजुकेशनको तर्फबाट प्रबन्ध निर्देशक भुवन क्षेत्री र बार्दली मिडियाको तर्फबाट मनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ‘ब्यवसायमात्रै नभएर हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि छौँ । त्यसैले पोखरामा प्रमोद खरेल इभेन्टसँग हामी जोडिएका हौँ ।’ सम्झौता पछि टार्गेट इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक क्षेत्रीले भने ।

उनले आफू पनि व्यक्तिगत रुपमा साहित्यिक र साँगीतिक फाँटसँग नजिक भएकोले यो सम्झौता अझै सहज भएको बताए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा टार्गेटको उपस्थिती रहिरहने उनले विश्वास दिलाए ।

यस्तै बार्दली मिडियाका प्रतिनीधि मनकुमार श्रेष्ठले यो सहकार्यले आफूहरुलाई कार्यक्रम सफल बनाउन अझै बढि सहयोग मिलेको प्रतिक्रिया दिए । ‘पोखरामा हामीले प्रमोद खरेलको एउटा ऐतिहासिक कार्यक्रम गर्दैछौँ । र, यो कार्यक्रमका लागि पोखरेलीहरुको यस्तै साथ र सहयोगको हामीलाई खाँचो छ ।’ श्रेष्ठले भने ।

बार्दली मिडियाले व्यवस्थापन गर्ने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’ चैतको २२ गते पोखरामा हुँदैछ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना हुने यो कार्यक्रममा मनिटरिङ पिस फाउन्डेशनले सहआयोजकको रुपमा सहकार्य गरेको छ ।

कार्यक्रमको तयारीलाई यतिबेला तीव्र पारिएको यसको व्यवस्थापनको जिम्मा पाएको कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए ।

0 0 votes
Article Rating

आजको खबर

गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा पोखरामा मङगलबार कवि चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कविता माथि

अझै पढ्नुहोस्

गुरुङ साहित्यिक मञ्च नेपालको छैठौं वार्षिक साधारणसभा मङगलबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको तमू प्ये ल्हु संघ केन्द्रिय महिला समितिकी अध्यक्ष पुष्पा तेल्मै तमूस्योले

अझै पढ्नुहोस्

अमेरिकामा रहेर गुरुङहरुलाई संगठित गर्दै तमु जातिको मौलिकता संरक्षण, संस्कार, सँस्कृतिको सम्वद्र्धन, विकासमा जुटेको र हाल नेपाल आगमनमा रहनुभएका युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: