
प्रिस्टिना व्युटीपार्लरको २० वर्ष
प्रिस्टिना ब्युटी पार्लर एण्ड इन्स्टिट्युटले आफ्नो स्थापनाको २० औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा व्युटीपार्लरले क्यान्सर विरुद्धको अभियानका अभियन्ता सरु दाहाल अधिकारीलाई उनले गरेको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै अधिकारीले सम्मान स्वरुप प्राप्त रकम १० हजार ५ सय १बाट जुम्लाका गाउँका मानिसका लागि टोपी किनेर सदुपयोग गर्ने बताए ।
प्रमुख अतिथी कोइरालाले महिलाहरु स्वाभलम्वी एवम आत्मनिर्भर बने मात्रै आर्थिक अभावको चपेटामा नपर्ने बताए । उनले पेशा व्यवसायमा लाग्नाले नै महिलाहरुलाई सशक्त बनाउने जोड दिए ।

कार्यक्रममा सञ्चारिका समुह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, सचिव कञ्चन थापा, मानव मिलन नारी जागरणका संस्थापक साबित्री शर्मा, कमला गिरी, सुवास पुरी, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्ल लगायतले बोलेका थिए ।
व्युटी पार्लरका सञ्चालिका इन्दु क्षेत्री पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत टिना पुनले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी अनिशा श्रेष्ठले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38