
धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा मध्यनेपाल धार्मिक महोत्सव हुदै
बुधबार, मंसिर २६,
लमजुङ , धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा यहि फागुन १६ गते देखि २१ गते सम्म मध्यनेपाल धार्मिक महोत्सव हुने भएको छ । करापुटार क्षेत्रलाइ मुख्य हव बनाएर , धार्मिक नेपालको ऐतिहासिक , सांस्कृतिक, पुरातात्विक तथा पर्यटकिय महत्व बोकेको गण्डकी प्रदेशकै पवित्र तिर्थ स्थलको रुपमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा महोत्सव गर्न लागीएको लमजुङ मध्य नेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले जानकारी दिए ।
प्रचारको अभावले माथी उठन नसकेको यस क्षेत्रलाइ महोत्सवको माध्यमले कायापलट गराउन सकिने उनको भनाइ छ । महोत्सवमा बिभीन्न देश बिदेशबाट आएका धार्मिक गुरुको माध्यमबाट यस क्षेत्रको प्रचार हुने बताउदै उनले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने ,पर्यटकिय गन्तव्यहरुको प्रचार प्रसार गरि दिर्घकालिन सोचका साथ मध्य नेपालको आर्थिक समृद्धिका जग निर्माण गर्ने लक्ष्य साथ अगाडी बढेको बताए । इशानेश्वर महादेवको मन्दिरलाइ देश बिदेशमा चिनाउने , पर्यटकिय गन्तव्यहरुलाइ प्रवद्र्धन गरि आर्थिक लाभ आर्जन गर्ने , प्राकृतिक सम्पदा र होमस्टेको बिकास गरि पर्यटनको बिकास गर्ने ,प्याराग्लाइडिङ र केवुलकार संचालन गर्ने जस्ता उदेश्यले महोत्सव गर्न लागीएको इशानेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष रामचन्द्र घिमीरेले जानकारी दिए । उनले धार्मिक रुपले निकै महत्व बोकेको यस ठाँउमा हजारौ भक्तजनहर आउने गरेको बताए ।
६ दिन सम्म चल्ने उक्त महोत्सवमा स्वदेश लगायत अन्य देशबाट एक लाख भन्दा बढि दर्शक भक्तजनले अवलोकन गर्ने, ३ करोड आम्दानी हुने ६० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिए ।
प्राचिनकालमा हरिनारायण पोख्रेलद्धारा बिउ राख्न खेत जोत्न लाग्दा शिव लिङ जोतिन गइ रगत बग्न थाल्यो र हल गो.रु सहित हलिको मृत्यु भएको र तेहि ठाँउमा शिव लिङ उत्पत्ती भएको किवंदन्ती छ । सम्वत १४१४ मा तत्कालिन लमजुङका राजा वीरनारायण शाहाद्धारा मन्दिर निर्माण गरि पुजा आर्चना गर्दै आएको भनिन्छ ।
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38