ताजा खबर

पोखरामा कृष्णदास महाराजको नागरिक अभिनन्दन

   ९ चैत्र २०७५, शनिबार १९:१०      1,048 views

जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिवार नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी अभिनन्दन गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले नागरिक अभिनन्दन गरेका थिए ।उनलाई करिब एक सय सामाजिक तथा धार्मिक संस्थाले अभिनन्दन गरेका थिए ।


कृष्णदास महाराजले व्यत्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गरिएको हो ।


नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइएको प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु भएको रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुगेको थियो । रथयात्रामा आमा समूह र धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता थियो ।


कार्यक्रममा बोल्दै कृष्णदास महाराजले मुलुकलाई आत्मनिर्भर र स्वाभिमान बनाउन आवश्यक रहेको औल्याए । उनले नेपाल धर्तिको स्वर्ग भएको उल्लेख गरे । विन्ध्यवासिनी मन्दिरका पिठाधिश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजजीले धेरै जन्मको पुण्यपछि मात्रै जगत्गुरु बन्न पाइने बताए । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले मानवीय जीवन कता जाने भन्ने कुरामा संगतको ठूलो प्रभाव हुने गरेको बताए ।


गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व जरुरी भएको बताए । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्वबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले स्वागत, नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले धन्यवाद र सचिव धर्मराज बराल (भोला)ले कार्यक्रम संचालन गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: