
मिजार समाज कास्की द्धारा उपप्रधानमन्त्रीलाई ध्यानकर्षण
पोखरामा गरिएको भेटघाटमा समाजले सामाजिक बिभेद अन्त्यका लागि सरकारले बिषेश पहल गर्न आबस्यक रहेको ध्उानाकर्षण गरेको छ । मिजार समाज कास्कीका अध्यक्ष उमेश सि.के. को नेतृत्वमा रहेको एक टोलीले मन्त्री यादव पोखरा आएको शन्र्दभमा भेटघाट गरिएको समाजका अध्यक्ष सि.के.ले जानकारी दिए ।

सो अबसरमा पछाडी परेको बर्गलाई माथि उठाउनको लागि बर्तमान संबिधानमा उल्लेख भएको प्राबधानहरु लागु गर्न पहल गर्न समाजले ध्यानाकर्षण गराएको थियो । स्वास्थ्य, शिक्षा र रोजगारीको सवालमा समाजमा बिभेदमा पारीएको बर्गलाई बिषेश महत्वका साथ हेर्न समाजले आग्रह गरको बताइएको छ ।
कागजमा लेखिएपनि समाजमा अहिले पनि सामाजिक बिभेद कायम रहेको, संघियताको र्निमाण पछि पनि कुरीती र कुसस्कारको सिकार दलित समुदाय परिरहनु र्दुभाग्य भएको भन्दै मन्त्री संग समाजले गुनासो गरेको थियो ।
बिभेदका बिषयमा उजुरी दर्ता गर्न समेत समस्या रहेको सो अबसरमा मन्त्रीालई जानकारी गराईएको थियोे । प्रहरी तथा प्रसासनमा बिभेद बिरुद्ध अथवा छुवाछुत बिरुद्ध उजुरी दिन अहिले पनि समस्याहरु देखा परीरहेको समाजको भनाई थियो । जातिय भेदभाव बिरुद्धको ऐन २०६८ पुर्णरुपमा कार्यान्वयन गर्न मन्त्री यादवलाई समाजले बिषेश आग्रह गरेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38