ताजा खबर

हर्क वनसुवा स्मृति अक्षयकोषबाट उत्तर पुर्बी ल्हेगे तमु परिवार सम्मानित

   १० चैत्र २०७५, आईतवार १४:०१      552 views

तमु प्ये ल्हु संघ केन्द्रिय समितिद्धारा सञ्चालन गरिएको “हर्क वनसुवा स्मृति अक्षयकोष“बाट उत्तर पुर्वी ल्हेगे तमु परिवार सम्मानित भएको छ ।

पुर्व प्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर त्होर्जे तमु र उहाँको धर्मपत्नी हरिमाया ल्हेगे तमुले आफ्न स्वर्गीय बाबा हर्क त्होर्जे र आमा बनसुवा टु तमुको स्मृतिमा “हर्क बनसुवा स्मृति अक्षयकोष” स्थापना गरिदिनु भएको हो ।


तमु प्ये ल्हु संघ केन्द्रिय समितिले संचालन गर्ने गरि २ लाख ५१ हजार १ सय ११ रुपैयाको मुलधनबाट प्राप्त बार्षिक ब्याजले तमु जातिको खेगी (धर्म गुरु) शिक्षा हासिल गरेका नव युवा वा खेगी चेला प्रशिक्षण गर्ने सस्थालाइ सम्मान गर्ने तमु प्ये ल्हु संघले जनाएको छ ।

संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नुहुदै अक्षयकोषदाता पुर्व आइजिपी हेमबहादुर तमुले तमु जातिको खेगिगुरुहरु लोपोन्मुख अवस्थामा पुगिसकेको हुँदा, खेगी उत्पादनमा टेवा पुगोस् भन्ने सोचाइले उक्त अक्षयकोष स्थापना गर्नु भएको बताउनुहुदै कोषको मुलधनमा वृद्धि गर्ने सोचमा रहेकोे समेत बताउनुभयो ।


उत्तर पुर्बी ल्हेगे तमु परिवारले लामो समयदेखि तमु खेगी (पच्यु) चेला प्रशिक्षण कार्य गर्दै आइरहेको र हाल ताप्लेजुङ जिल्लाका पाँच जनालाइ खेगी प्रशिक्षण दिई रहेकोे स्रोतले जनाएको छ । संघको केन्द्रिय महिला समितिको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रिय सचिव बुद्धि च्हम्रु तमुले गर्नुभएको थियो ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: