
अहिलेको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको छ स् मुख्यमन्त्री गुरुङ
मंसिर २६, २०७५ पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षाले देशमा बेरोगार मात्र उत्पादन गरेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय आवधिक योजना तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो अहिलेको एजुकेशन सिस्टम छ नि यसमा चाहिँ मेरो एउटा आरोप छ जहिले पनि,’ उनले भने, ‘हुन त म पनि यहि युनिभर्सिटीको प्रडक्ट हुँ। म जहाँ छु यही युनिभर्सिटीको कारणले पनि छु। हाम्रो व्यवहार बदलिएर, आवश्कताहरू बदलिए तर, यो सबै बदलिएपछि हाम्रो शिक्षा नीति पनि बदल्नुपर्छ। सिंगो शिक्षा निति के होला त्यो माथी (केन्द्र सरकार) कै कुरा होला त्यसमा हाम्रो सहयोगी भूमिका मात्र हुने होला।’ उनले प्रदेश र देश समृद्ध बन्नका लागि प्रदेशकै क्षेत्र भित्र रहने गरी प्रदेश महाविद्यालय, विश्व विद्यालय बनाउनुपर्नेमा जोड दिए। ‘हाम्रो प्रदेशमा अहिले भएको शिक्षा नितिलाई सिफ्ट गरेर रोजगार मुलक शिक्षामा लैजानुपर्ने बेला आएको छ,’ उनले भने, ‘त्यसैले हामीले प्रदेशकै क्षेत्र भित्र रहनेगरी महाविद्यालय, प्राविधिक विश्व विद्यालय खोलौँ भनेका छौँ। जहाँ हामीलाइ आवश्यक जनशक्ति उत्पादन गरोस र मानविय संसाधन पूर्ति गरोस्।’
गण्डकी प्रदेशमा बहुआयामिक गरिबीको संख्या जम्मा १४ प्रतिशत रहेको भन्दै उनले यो विकासको ठुलो चुनौती नरहेको समेत बताए। ‘हाम्रो मुख्य ओर्किङ फोर्स नै देश बाहिर छ,’ उनले भने, ‘यो नरोकी यहाँको र देशकै समृद्धि सम्भव छैन। यहाँका जमिनलाइ खण्डिकरण गरेर चक्लाबन्दी, लिजमा लिएर के गरेर हुन्छ उत्पादनमा जोड दिनुपर्छ।’ उनले पर्यटनको विषयमा आफुहरुले धेरै गफ लगाएको बताउँदै त्यसलाइ सार्थकता दिने बेला आइसकेको समेत बताए। ‘पर्यटनको हामीले धेरै गफ दिइरहेका छौँ। हाम्रो अन्तिम लक्ष्य भनेको यो प्रदेशको जनसंख्या २५ लाख छ त्यति नै सख्यामा पर्यटन भित्र्याउनु हो। त्यसका लागि संरचना निर्माण देखि विभिन्न कामहरु हामीले गर्नुपर्नेछ’ उनले भने। उनले यस प्रदेशमा जलविद्युत, हावा वाट निस्कने विद्युत र सौर्य उर्जाको अत्यधिक सम्भावना रहेको भन्दै त्यसमा लगानी गर्न निजि क्षेत्रहरुलाइ आग्रह समेत गरे। बुधबार र बिहीबार चल्ने उक्त छलफल कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले यस प्रदेशको विकासका सूचकहरुको अबस्था र आवधिक योजनाले संवोधन गनुपर्ने विषयमा, प्रादेशिक योजना निर्माणको पक्षहरुको विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्माले, पर्यटन र उद्योग क्षेत्रका रणनीति र कार्यनीतिको विषयमा नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठले, कृषि बन र वातावरणको क्षेत्रमा प्राध्यापक डा. नवराज देवकोटा, आर्थिक नीतिको बारेमा पूर्व अर्थ सचिब डा. शान्तराज सुबेदीले, पूर्वाधार क्षेत्रका रणनीति र कार्यनीतिको बारेमा डा चन्द्र बहादुर श्रेष्ठले, सामाजिक विकासको क्षेत्रमा गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मी राम पौडेलले कार्यपत्र पेश गर्नेछन। उक्त कार्यक्रमले गण्डकी प्रदेशले १५ वर्ष भित्र केके काम गर्ने, कुनु क्षेत्रमा कस्ले के लगानी गर्ने लगायतका विषय बस्तुहरु समेटिने बताइएको छ।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38