ताजा खबर

पातन्जल योग समितिको रक्तदानमा ६३ युनिट संकलन

   १० चैत्र २०७५, आईतवार १४:१४      1,219 views

पातन्जल योग समिति नेपाल, गण्डकी प्रदेश र कास्की जिल्ला समितिले संयुक्त आयोजनामा शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ६३ जनाले रगत दान गरेका छन् । महेन्द्रपुलचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले पहिलो रक्तदाता सपना गुरुङलाई ब्लग ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिन् ।

सो अवसरमा प्रमुख अतिथि गुरुङले समितिको सल्लाहकारको जिम्मेवारी समेत लिईन् । पतन्जली योग समितिमा वर्षौंदेखि क्रियाशील सदस्यहरुले अब आफ्नै मुलुकमा दर्ता भई छुट्टै रुपमा सञ्चालन गर्ने गरी पातन्जल योग समिति संस्था गठन गरेका हुन् । पतञ्जली योग समितिबाट केही पनि सहयोग नमिल्ने तर यहाँबाट भएका आर्थिक लाभ समेत भारत पठाउनुपर्ने भएपछि आफ्नो मुलुकलाई माया गर्नेहरुले पातञ्जल योग समिति गठन गरेका हुन् ।

सांसद गुरुङले आफूले पातञ्जल योग समितिलाई गर्नुपर्ने सहयोग गर्न सधैं तत्पर रहेको उल्लेख गरिन् । स्वस्थताका लागि योग अनिवार्य भएकाले यसको महत्वबारे नागरिकलाई जानकारी गराउँदै यस्तै सामाजिक गतिविधि गर्दै अघि बढ्न उनको सल्लाह थियो ।



0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: