
जहाँ भ्रष्टाचार छ, त्यहाँ छानबिन हुन्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको दृष्टिले आवश्यक कानुन निर्माणको सवालमा संघीय संसदको तेस्राे अधिवेशन अत्यन्तै सफल अधिवेशनका रुपमा रहेको बताउनुभएको छ ।
संघीय संसदको चालु अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले कानुन निर्माणको सवालमा तेश्रो अधिवेशन अत्यन्तै सफल रहेको बताउनुभएको हो ।

यस अधिवेशनले १ सय २६ वटा ऐनहरु निर्माण गरेको, १३ वटा ऐन संशोधन, ४७ वटा नियमावली खारेजी, संविधान अनुकूल बनाउनका लागि केही नेपाल ऐन संशोधन गर्ने विधेयकबाट १ सय ९३ वटा ऐनहरु संशोधन भएको, छोटो समयमा १४ वटा विधेयक पारित भएको भन्दै अधिवेशन सफल भएकाे बताउनुभएकाे हाे ।
यस्तै २६ वटा विधेयकहरु संसदमा विचाराधिन अवस्थामा रहेकाे, कानुन मन्त्रालयले थप २४ वटा मस्यौदामा सहमति जनाएको र कानुन मन्त्रालयमा २० वटा विधेयक विचाराधीन रहेको सूची पेश गर्दै उहाँले कानुनी राज्य स्थापित गराउने सवालमा यस अधिवेशनमा अत्यन्तै महत्वपूर्ण काम भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
नेपालको संसदका लागि अत्यन्तै गतिशील अधिवेशनको रुपमा यो अधिवेशन रहेको तर्क पनि उहाँले गर्नुभयो ।
संविधानसभाले बनाएको संविधान अनुसार सबै निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रका संरचनाहरु स्थापित भइरहेको अवस्थामा त्यसकाे उपलब्धी जोगाउन सकिन्छ कि सकिँदैन भन्ने अवस्थाबाट देश पार भइसकेको स्पष्ट पार्नुभयो । केही चुनौति र जिम्मेवारी ठूला हुँदा हुँदै पनि देश अत्यन्तै गौरवपूर्ण स्थितिमा रहेको बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयनको पहिलो वर्ष आधार वर्षको रुपमा रहेको र यस अवधिमा संविधानको भावी कार्यान्वयनका लागि बाटो बनाउने, कानुन निर्माण गर्ने, संरचना तयार गर्ने, समायोजन गर्नेलगायत काम अत्यन्तै सहज ढंगले सम्पन्न गर्न सफल भएको पनि बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले याे एक वर्षमा राजनीतिक हिसाबले ठूला उपलब्धि हासिल गरेको र तिनलाई संस्थागत गर्न पनि सफल भएको दावी गर्नुभयो । भ्रष्टाचार लगायत केही विषयमा टिप्पणी हुने गरेको भन्दै उहाँले भन्नुभयो, ‘समाजमा भ्रष्टाचार छ, त्यसै कारण मैले भनेको थिएँ- म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।’
उहाँले ओहदा र पदीय आधारमा कसैले पनि भ्रष्टाचारको विषयमा छुट नपाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ भ्रष्टाचार छ, त्यहाँ छानबिन हुन्छ, कारafही हुन्छ । जो सुकै परोस् त्यसमा कुनै ढाकछोप हुँदैन, त्यस कुनै सुविधा त्यसमा पाउँदैन । भ्रष्टाचार नियन्त्रण र उन्मुलन सरकारको प्राथमिकताको कुरा हो ।’
परराष्ट्रनीति
नेपालको परराष्ट्रनीतिका सम्बन्धमा उहाँले सार्वभौमसत्ता सम्पन्न, स्वाधिन स्वतन्त्र र भौगोलिक रुपले अभिभाज्य राष्ट्र हो भन्ने स्पष्ट भएको भन्दै राष्ट्रिय हितहरुको रक्षा सरकारको आधारभूत नीति र दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रका आधारभूत सिद्धान्त, शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणका सिद्धान्त लगायतमा सरकार सजग रहेको पनि बताउनुभयाे ।
महिला सहभागिताका दृष्टिमा नेपाल विकसित देशहरु चीन, फ्रान्स, अमेरिका लगायतका देशभन्दा पनि अगाडि रहेको र त्यसलाई अझै सुदृढ बनाउनुपर्ने र सम्पत्ति माथिको स्वामित्व बढाउनुपर्नेमा सरकार सजग रहेको बताउनुभयो ।
बालबालिका भर्ना अभियानबाट विद्यालय बाहिर कुनै बालबालिका छन् भन्ने कुराको अन्त्य गर्ने र २ वर्षभित्र निरक्षरता अन्त्य गर्ने अभियानका साथ सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
भेरी बबई डाइभर्सनलगायत सिंचाईका आयोजनाहरुका काम तीव्र गतिमा अघि बढेको दाबी पनि उहाँले गर्नुभयो ।
कृषि आधुनिकीकरणमा असाधारण काम भएको तथा भूकम्पपछिको पुननिर्माण लगायत समग्रतामा यो वर्ष उपलब्धिको वर्ष र सफल वर्ष भएको दावी गर्नुभयो ।
सिके राउत
सरकारले सिके राउतसँग भएको राजनीतिक सहमतिलाई बर्षकै ऐतिहासिक र महत्वपुर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको छ ।
प्रधानमन्त्री ओलीले सरकार र सिके राउतसँग भएको सहमति राजनीतिक हिसाबले राष्ट्रका निम्ति साह्रै ठूलो र अत्यन्तै महत्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभयाे ।
देशमा रहेको पृथकतावादी, विखण्डनवादी विचार बोक्ने संगठन र तिनका गतिविधिको अन्त्य भएकाले अब बिखण्डनवाद र विखण्डनवादी संगठन नरहेको दावी गर्नुभयो ।
देशकाे गम्भीर समस्याको रुपमा रहेको विखण्डनवादको अन्त्य भएकाले सहमतिमा सारा नेपालीले खुशी मनाउनुपर्ने तर्क पनि उहाँले गर्नुभयो ।
राष्ट्रिय स्वाधीनताको प्रश्नमा कुनै पनि राष्ट्रले जनमतसंग्रहको कल्पनासम्म पनि गर्न नसक्ने भन्दै उहाँले सहमतिमा जनमत संग्रह नभनिएको स्पष्ट पार्नुभयो । विखण्डनकारी शक्ति अब राष्ट्रिय राजनीतिमा आएको उहाँले दाबी गर्नुभयो ।
बिप्लब समूह
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई विध्वंशकारी गतिविधि गर्न सरकारले निषेध गरको स्पष्ट पार्नुभयो । त्यस्ता गतिविधि गर्न पाइँदैन भन्दा लोकतन्त्र धरापमा पर्यो भन्न नमिल्ने तर्क पनि उहाँले गर्नुभयो ।
चन्दाका नाममा लुटपाट गर्ने, निर्दोषलाई मार्ने काम गरेकाले लोकतन्त्र विरोधी गतिविधिलाई राज्यले कानुन बमोजिम नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो ।
कृष्णको चक्र र रामको धनुवाणको दृष्टान्त दिँदै उहाँले विप्लव समूहलाई सम्झाउँदा नमानेपछि बाध्य भएर कानुन बमोजिम कारबाही गर्न राज्य अघि बढेकाे पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘राज्य नियन्त्रण गर्न लाग्यो; ब्याक गियर छैन, नियन्त्रण गर्छ गर्छ । यो आतंक, यो विध्वंश, यो असम्वैधानिक र गैर कानुनी क्रियाकलाप ।’
उहाँले सरकारले हतियार बुझाउन समय दिएको र तोकिएको अवधिमा नबुझाए सरकारले लिने चेतावनी दिनुभयो । ‘हतियार बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ । सरकारले लिन्छ,’ उहाँले भन्नुभयाे ।
उहाँले अशान्तिको श्रृंखला जारी राख्ने र विकासका काममा बाधा पुर्याउने तत्वका क्रियाकलाप अब देशमा हुन नदिने प्रतिवद्धता जाहेर गर्नुभयो । नागरिकमा निरासा फिँजाउन खोजिएको भन्दै उहाँले सरकारले त्यसो हुन नदिने बताउनुभयो ।
लाल प्रतिवेदन
प्रधानमन्त्री ओलीले पूर्व न्यायधिश गिरिशचन्द्र लालको संयाेजकत्वमा गठन भएकाे टाेलीले तयार पारेकाे प्रतिवेदन सरकारले अध्ययन गरेपछि सार्वजनिक गर्ने बताउनुभयो ।
प्रतिवेदन सार्वजनिक नगर्नुपर्ने कुनै कारण नरहेको भन्दै अध्ययनपछि सार्वजनिक गरिने प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमा त्यस प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको थियो ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38