
कामदार लाने विषयमा नेपाल र जापानबीच भोलि समझदारी हुने
नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा भोलि सोमबार श्रमिक आपुर्तिबारे सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । भाेली साेमबार काठमाण्डौमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चारवटा मन्त्रालयका अधिकारीहरुले कामदार आपूर्ति गर्नेबारे सहकार्यको समझदारीमा हस्ताक्षर गर्नेछन् ।
जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी राजदूतले श्रमसचिवसमक्ष पेस गर्ने कार्यक्रम छ । सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४/६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो ।
जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो ।
आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम…
अझै पढ्नुहोस्Follow Us

नेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई
७ बैशाख २०७८, मंगलवार १५:३४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38