ताजा खबर

आज १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

   ११ चैत्र २०७५, सोमबार ०७:५६      1,937 views

नेपाल राष्ट्र बैंकले साेमबार बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः सोमबार बिल बिक्री गर्ने भएको बैंंकले एक सूचनामार्फत जानकारी दिएको छ । 

बैंकका अनुसार चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी १८२ दिनका लागि र दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड रुपैयाँ बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले साेमबार पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गरेको छ । 
 

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: