
काठमाण्डौमा लगानी सम्मेलन सुरु , लगानीको लागि स्वागत छ – प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ ।’

लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने पनि बताउनुभयो । ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो ।
आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने भन्दै प्रधानमन्त्रीले लगानीकर्तालाई झण्झट नहुनेगरी कानुन सुधार गरिएको जानकारी पनि दिनुभयो । उहाँले पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकता भएको भन्दै निर्यातको लागि समस्या नभएको र आन्तरिक बजार पनि बढेको बताउनुभयो ।
सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38