ताजा खबर

विप्लव समूहका स्याङ्जा सेक्रेटरी सहित २ जना पक्राउ

   १५ चैत्र २०७५, शुक्रबार १७:३२      2,105 views

राधाकृष्ण डुम्रे

स्याङजा – जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्याङ्जा सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पुतलीबजार नगरपालिका-१३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल परालुली र विप्लव समूहको मजदुर महासंघ स्याङजाका अध्यक्ष बताउने गोबिन्द ओली जीवनलाई पक्राउ गरेको हो ।

पराजुलीको स्थायी घर कास्की हो भने ओलीको घर रुकुम जिल्लामा पर्दछ ।

मोटरसाइकलमा लुकिछिपी भाग्दै गर्दा दुवैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण  भण्डारीले जानकारी दिनुभयो । 


आवश्यक सोधपुछ अनुसन्धानपछि शुक्रबार नै स्याङ्जा जिल्ला अदालत स्याङजाबाट ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि राज्यविरूद्धको अपराध र विष्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोे प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।


0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: