
ताङतिङको पुरन स्वाँरामा बाख्रा गोठमा आगलागी हुँदा ४ लाखको क्षति
तस्विर सौजन्य एकजंग गुरुङ वडा अध्यक्ष मादी २
मादी गाउँपालिका वडा नं २ ताङतिङमा आज विहान बाख्रा गोठमा आगलागी हुँदा १८ वटा बाख्रा तथा घर गोठ सबै जलेका छन ।

ताङतिङ स्थित पुरन स्वाँरामा विगत लामो समयदेखि परिवार सहित बाख्रा पालन गर्दै सोही गोठमा स्थायी बसोबास गर्दै आउनु भएका भिमबहादुर गिरीको परिवार लागलागी भएपछि बिचल्लीमा परेको छ ।
विहान गिरी दम्पत्ती घाँस काटन वनमा गएको बेला नातनातिनीहरुले घरमा राखेको खरको सोतरमा आगो सल्काएपछि गोठमा भएको सबै बाख्रा र घर गोठ जल्लदा ४ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मादी १ एका वडा सदस्य भिमबहादुर गुरुङले सिक्लेसबाट गोठमा आगलागी भएको जानकारी फोन मार्फत मादी २ का वडा अध्यक्ष एकजंग गुरुङलाई दिएपछि सुपर मादी हाईड्रो पावरमा तैनाथ सुरक्षकर्मी र स्थानिय बासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो ।

घटन स्थलमा पुगेको प्रहरीले घटनको मुचुल्क उठाएको छ भने घरबार विहिन भएको गिरी परिवार अहिले ताङतिङकै एउटा खाली घरमा बसी रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38