ताजा खबर

वैशाख १ गतेदेखि लामडाँडामा नयाँ वर्ष मेला आयोजना हुने

   १८ चैत्र २०७५, सोमबार १८:५६      2,995 views

देवीजंङ तमू

पोखरा २० स्थित जन उत्थान युवा क्लव लामडाँडाको ३२औ वार्षिकोत्सब तथा नयाँ वर्ष लामडाँडा मेला यही बैशाख १ देखि ३ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना बोकेको लामडाँडा गाउँको प्रचारप्रसार, युवाहरुबीच खेलकुदमार्फत मैत्रीपूर्ण भावनाको बिकास गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको क्लबका सचिव भिम गुरुङले जानकारी दिनुभयो ।

मेला संचालनबाट हुने आम्दानीले क्लवको आफ्नै भवन, भलिबल तथा बास्केटबल खेल मैदान निर्माण, अनाथ, असहाय तथा बाल अधिकार संरक्षणमुलक कार्यक्रम संचालन र महिला उत्थान तथा सीपमुलक जनजागरण कार्यक्रम संचालन गरिने उद्देश्य राखिएको क्लबले जनाएको छ ।

“सँगसँगै हामी गर्न सकिन्छ” भन्ने मुल नाराका साथ हुने मेलामा पुरुष भलिबल प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, छेलो प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, विवाहित महिलाहरुका लागि कुर्ची घुमाई प्रतियोगिता, संगीत स्टार सिजन १ का बिजेता दिपेश गुरुङको प्रस्तुति र साथमा बिबिध साँस्कृतिक कार्यक्रमहरु हुने क्लवले जनाएको छ ।

क्लवले विगतका वर्षहरुमा भन्दा यसवर्ष मेलालाई विशेष बनाउन लागेको र देश तथा बिदेशवाट मेलालाई सफल पार्न आर्थिक सहयोगहरु प्राप्त भइरहेको भन्दै आभार समेत प्रकट गरेको छ ।
करिब ५ लाख खर्च लाग्ने अनुमान गरिएको मेलामा भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र , द्धितिय हुनेलाई ३५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने समुहलाई नगद १० हजारसहित प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका सचिब भिम गुरुङले जानकारी दिए ।

मेलामा टिम दर्ता गर्न क्लवले पोखरा भद्रकाली कलेज अगाडि रहेको ब्रदर्स मोबाइल सपमा वा क्लवको प्रतिनिधि मार्फत सबैलाई आव्हान गरेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!

NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: