
विजय आधारभुत विद्यालयको भवन उद्घाटन
मादी न्युज, पोखरा
पोखरा १३ पोखरी गाउँ स्थित विजय आधारभुत विद्यालयको भवन र शौचलय बेलायतीले बनाइदिएका छन् । बेलायतका स्ट्याम्प परिवारले नेपाल स्थित माइ स्मल हेल्प र पहार ट्रष्ट नेपाल मार्फत विद्यालय भवन बनाइदिएका हुन् ।

कक्षा १–७ सम्म पढाई हुने यस विद्यालयमा निर्माण गरिएको नयाँ ३ कोठे भवनमा कक्षा १–३ सम्म अध्यापन गराउन थालिएको प्रध्यानाध्यापक शान्ति विकले जानकारी दिइन् । विद्यालय भवनसँगै कक्षा कोठामा बालबालिकाका लागि कार्पेट र अन्य शौक्षिक सामाग्री पनि सहयोग प्राप्त भएको उनले जानकारी दिइन् ।
विद्यालय भवनसँगै आधुनिक शौचालय पनि निर्माण गरिएको माइ स्माइल हेल्पका संस्थापक प्रमिला केसीले जानकारी दिइन् । दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण गर्दै आएको पहार ट्रष्ट नेपालका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङले विदेशीको सहयोगमा विद्यालय भवन बनेपनि त्यसको सदुपयोग र शौक्षिक गुणस्तर सुधार्न शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने बताए ।
‘विद्यालय भवन मात्र भएर हुँदैन रहेछ, हामी शिक्षकलाई तालिम शौक्षिक सामाग्री र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएका छौँ, गुरुङले भने, गाउँमा गुणस्तरीय शिक्षा दिएर विद्यार्थी रोक्नु शिक्षक र अभिभावकको कर्तव्य हो ।’

विद्यालय भवनको उद्घाटन गर्दै बेलायती नागरिक जोन स्ट्याम्पले नेपालको बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सानो सहयोगमा पनि राम्रो भवन बनेको भन्दै उनले भने, ‘नेपालीसँग माया ममता बाँड्न र आगामी दिन पनि सहयोग गर्न उत्सुक छौं ।’
सोमबार आयोजित विद्यालय भवन उद्घाटनमा बोल्दै पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले शौक्षिक पात्रो बनाएर अघि बढेको बताए । ‘हामीले वडा तहमा शौक्षिक क्यालेन्डर बनाएर लागु गरेका छौँ, उनले भने, अहिले महानगरले नै क्यालेन्डर बनाएको छ, हामी गाउँका विद्यालयको शौक्षिक सुधार्न लागिरहेका छौँ ।’
उनले विद्यालय भवन बनाउन सहयोग गरेको भन्दै बेलायती स्ट्याम्प परिवार, पहार ट्रष्ट नेपाल र माइ स्माइल हेल्पलाई धन्यवाद दिए । विद्यालय भवन र शौचालय बनाउनका लागि बेलायका स्ट्याम्प परिवारद्धारा २७ लाख २७ हजार, पोखरा महानगर वडा नं. १३ बाट ३ लाख र देश विदेशमा रहेका स्थानीयबासीले ८ लाख ६८ हजार रुपैयाँ सहयोग गरेका थिए ।
विद्यालयको भवन र कम्पाउण्ड बनाउन बेलायत निवासी एकबहादुर गुरुङको संयोजकत्वमा आर्थिक संकलन समिति बनाएर रकम संकलन गरिएको छ । विद्यालयको भौतिक सुधारका साथै शौक्षिक सुधारका प्रयास गरिएको विद्यालयका अध्यक्ष सन्देश गुरुङले जानकारी दिए ।
विद्यलाय भवनको उद्घाटनमा बेलायती नागरिक जोन स्ट्याम्प, इमिली स्ट्याम्प, अमान्डा स्ट्याम्प, जोश स्ट्याम्प, पहार ट्रष्ट बेलायतका अध्यक्ष डा. टिम मिचेल, एलन स्टिटमन लगायत सहभागी भएका थिए । विद्यालय भवन उद्घाटन गर्न पुगेका बेलायती टोलीलाई स्थानीयले बाजा– गाजासहित स्वागत गर्नुका साथै गुरुङ पोशाक लगाएर सम्मान गरेका थिए ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38